देशमा सुख, शान्ति प्राप्त गर्न नसक्ने नाजुक अवस्था कहिलेसम्म रहने ? : पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं, ३० चैत । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि सबै निष्ठावान हुन र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ । उहाँले सबैबाट विगतमा भएका कमी कमजोरी र गल्तीको आत्मसमीक्षा गर्न पनि आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

नयाँ बर्ष २०७६ को पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले भन्नु भएको छ ‘ अब केबल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटीलाई मात्र अंगालेर पुग्दैन, जनताको घर दैलोमा पुग्दा जनताका अनगन्तिी समस्या र दुर्दान्त पीडा रहेको पाएको छौ, लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोििचत सुख र शान्ति प्राप्त गर्न नसक्ने यस्तो नाजुक अवस्था कहिलेसम्म रहने रु ’

पूर्व राजा शाहले स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने यो मुलुकलाइ सदा स्वाभिमान र गौरवशाली राख्न सबैले आफ्ना शास्वत आदर्शको ख्याल गर्न पनि आग्रह गर्नु भएको छ । उहाँले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको उल्लेख गर्दै देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप कार्यपालिका , न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्ने आफ्नो विश्वासलाई पुनः दोहो¥याउनु भएको छ ।

पूर्व राजा शाहले नयाँ बर्ष आरम्भ प्रहरमा नेपाल भित्र र विश्वका बिभिन्न भूभागमा रहेका बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको लागि हादिंक शुभकामना पनि व्यक्त गर्नु भएको उहाँको निजी सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


पूर्वराजा ज्ञानेन्द्र शाहबाट नव वर्ष २०७६ को उपलक्ष्यमा जारी शूभकामना सन्देशको पूर्णपाठ।

नेपाली दिदी वहिनी तथा दाजू भाइहरु,

गतिशिल समयक्रमको प्रवाह संगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपूगेका छौ। नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपाल भित्र र विश्वका विभिन्न भु(भागमा रहे बसेका समस्त नेपालीहरुमा सूख, शान्ति तथा समून्नतिको लागि हार्दिक शूभकामना व्यक्त गर्दछौ ।

स्वभावतस् यतिखेर हामीले वितेको निकट अतितका वर्षहरुको सूष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्द५ । हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटिलाई मात्र अंगालेर पूग्दैन । जनताको घर दैलोमा हामी पूग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पिडा रहेको पाएका छौँ । लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनू पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सूख र शान्ति प्राप्त हून नसक्ने(यस्तो नाजूक अवस्था अझै कति रही रहने रु स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।

मूलूक प्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ । देश सूहाउँदो प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हूनू पर्दछ भन्ने सधै हाम्रो विश्वास रही आएको छ । विगतमा हामी सबैबा६ जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समिक्षा गरि मूलूकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठवान् हूनू र एक्यबद्भ भएर अघिबढ्नूको विकल्प छैन । राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा हामी छौ ।

नयाँ वर्ष साच्चिकै नयाँ रहोस्  नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् । 
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । 
जय नेपाल ।

न्युज २४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता