धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प, काठमाडाैंमा २ पटक धक्का महसुस

काठमाडाैं । काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ ।  भूकम्पमापन केन्द्रकाे अनुसार धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको हाे । 
बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु परकम्प जाँदा काठमाडाैंसहित नुवाकोट, काभ्रे, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ  ।
पहिलाे भूकम्पकाे महसुस भएकाे लगत्तै अर्काे भूकम्प नि महसुस भएकाे छ । बिहान करिब ६ : ४२ मा अर्काे भूकम्पकाे महसुस भएकाे हाे ।
भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन । 
बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको पनि आज चार वर्ष भाेलि पूरा हुने छ । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
गोरखा भूकम्पले ८ हजार ७ सय ९० जना नागरिकको ज्यान लिएको थियो । २२ हजार तीन सय नागरिक घाइते भएका थिए । ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुराएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता