इलामको सिंहबाहिनी मन्दिरको जिर्णोदार गरिएसँगै पूजाआजा (भिडियो सहित)

इलाम, ११ बैशाखः इलामको धार्मिक तथा पर्यटकिय स्थल सिंहबाहिनी मन्दिरको जिर्णोदार गरेर सँगै रहेको धर्मशाल निर्मण भए पछि आज पुजाआजा गरिएको छ ।
हेर्नुहाेस भिडियाे

 सिंहबाहिनी मन्दिरमा पितलको छाना लगाउने त्रिशुल राख्ने र धर्मशाला निमार्णकार्यमा एक करोड दशलाख खर्च भएका समाजसेवे डम्बर खड्काले वताए । मन्दिरको जिर्णोदार र धर्मशालाको भवन निर्माणको लागि समाजसेवीहरु डम्बर खड्का, काठमाण्डौमा वसोबास गर्दै आउनु भएका राजेन्द्र वाँस्तोला, रमेश अधिकारी लगायतको सहयोगमा गरेर मन्दिरको जिर्णोदार गरिएको हो । 
आज भएको कार्यक्रमा सिहवाहिनी मन्दिर परिसरमा डम्बर खड्का, राजेन्द्र बाँस्तोला र रमेश अधिकारीलाई अभिनन्दन गरेको छ । मन्दिरपरीसरमा ३६ जना व्रम्हाणहरुद्वारा स्वस्ती वाचन गरेर पञ्चकन्याद्वारा फुलमाला अविर लगाएर दोसल्ला ओडाएर उनीहरुलाई अभिनन्दन गरेको हो । 
मन्दिरको जिर्णोदार गरे सँगै भक्तजनहरुको संख्यामा पनि वृद्धि हुदै गएको र मन्दिरपनि सुन्दर भएको मन्दिरका पुजारी वुद्धिप्रसाद दाहाल वताउँछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता