नेपाली सेना र गृहमन्त्रालयको संयुक्त आयोजनामा नं १ प्रदेश विपद् जोखिम न्युनीकरण सम्वन्धि हातेमालो शूरु

विराटनगर, १८ चैतः नेपाली सेना र गृह मन्त्रालयको संयुक्त आयोजनामा विपद् जोखिम न्युनीकरण सम्बन्धि नं. १ प्रदेश स्तरिय अभ्यास हातेमालो यहि मिति २०७५ चैत्र १ गते बिराटनगरमा शुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने उक्त अभ्यासको पहिलो दिनको कार्यक्रम  अन्र्तगत आज बिपद् जोखिम न्युनिकरण सम्बन्धि नंया बनेका विभिन्न निति नियमावलीहरु तथा व्यबस्था का बारेमा गृह मन्त्रालय तथा आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधिहरुबाट प्रस्तुतिकरण भएको थियो ।
सो कार्यक्रममा संध, प्रदेश र स्थानिय तहका सरकार तथा  प्रशासनका प्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाईटी सम्बद्ध गैह् सरकारी संस्थाहरु र सञ्चारकर्मी लगायत गरि करिव ५० जनाको उपस्थिती रहेको थियो ।
उक्त संयुक्त अभ्यासको दोस्रो तथा अन्तिम दिन भोली १९ गते प्रदेश स्तरमा ठुलो स्केलको विपद् आएको खण्डमा हालको विपद् व्यबस्थापन मेकानिजमबाट कसरी प्रतिकार गर्न सकिन्छ भन्ने सिनारियोमा आधारित रहि त्बदभि त्यउ भ्हबचअष्कभ सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता