चट्याङ लाग्दा झापामा खेतमा काम गरिरहेका श्रीमानको मृत्यु, मृतककी श्रीमती र भाउजु गम्भीर

झापा । हावाहुरीसँगै आएको चट्याङमा परी शनिबार झापमा एक जनाको मृत्यु भएको छ । त्यस्तै गरी दुई जना गम्भीर घाईते भएका छन् । एकै परिवारका उनीहरु खेतमा काम गरिरको अवस्थामा चट्याङ लागेको स्थानीयले बताएका छन् ।
चट्याङ् लाग्दा मेचीनगर नगरपालिका वाडा नम्बर १५ ज्यामिरगढीका ४० बर्षीय प्रकाश राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
बिहान ८ बजेको समयमा चट्याङ लागेर तीनै जना गम्भीर घाईते भएका थिए । गम्भीर अवस्थामा अस्पताल पुर्याईएका प्रकाशको उपचारको क्रममा मृत्यु भएको हो । मृतक राउतका श्रीमती सुनिता राउत र उनकी भाउजु मञ्जु राउतको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता