इलामको श्रीअन्तुमा सातौ अन्तराष्ट्रिय कराते प्रतियोगिता सुरु

फिक्कल । जिल्ला कराते संघ र फिक्कल डोजोको संयुक्त आयोजनामा आजबाट ७ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा सुरु भएको छ । खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यका साथ सुर्योदय नगरपालिका–४ श्रीअन्तुमा सुरु भएको प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश र दुवइका गरी ३ सय बढी खेलाडीको सहभागीता रहेको छ । 
सुर्योदय नगरपालिकाको सहयोगमा चैत्र २३ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला र पुरुषका गरी २५ विधामा १ सय वटा मेडलको लागी प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको सुर्योदय नगर प्रमुख रणबहादुर राईले मुख्य निर्णायक कुमार उप्रेतीलाई ग्लोव्स र झन्डा हस्तान्तरण गरेर उद्धघाटन गरे । मेची अञ्चलको करातेलाई प्रर्वद्धन गरेको भन्दै अन्तराष्ट्रिय कराते रेफ्री, प्रशिक्षक, डोजोका अध्यक्ष लगायत एक दर्जन बढीलाई सम्मान समेत गरिएको थियो ।
प्रतियोगिताको पहिलो हुने टोलीले नगद ३० हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने टोलीले २० हजार तथा सान्तवाना हुने २ टोलीले जनही १०÷१० हजार सहित शिल्ड प्राप्त गर्नेछन । त्यसैगरी वेस्ट फाइटर पुरुष र महिलाले जनही ५ हजार प्राप्त गर्नेछन । खेलाडीहरुको क्षमता प्रर्दशनका साथै जिल्लाका पर्यटकिय क्षेत्र प्रर्वद्धनका लागी प्रतियोगिता आयोजना गरिदै आएको आयोजक समितीको भनाइ छ । प्रतियोगिताको समापनको दिन बरिष्ठ गायक कुवेर राई, लेखु विवश, रगुन गुरुङ लगायतले सांगितिक प्रस्तुती रहने छ ।
लोकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता