“लेखकले सन्तुष्टिका लागि लेख्छ”


  • मनिषा चम्लागाई

इलाम, २३ चैतः नेपाली साहित्यको बहस गर्न चर्चित साहित्यकार इलामको देउमाई नगरपालिकामा भेला भएका छन् ।  साहित्य तथा पर्यटन महोत्सवको चर्चा र प्रचार गर्ने उद्देश्यले गरिे सञ्चालन गरिएको कार्यक्रममा साहित्य सिर्जना नेपाली साहित्यको वर्तमान विषयमा शनिबारदेखि बहस सुरु भएको हो ।
कान्तिपुर दैनिकका सम्पादक तथा पल्पसा क्याफेका लेखक नरायण वाग्ले र दमिनी भिरका लेखक राजेन्द्र मुकारुङले ‘किन र कसरी लेख्ने’ बहसमा गरिएको बहसमा लेखकले सन्तुष्टिका लागि लेख्नेकुरामा जोड दिए । वाग्लेले पाठकलाई केन्द्रविन्दुमा राखेर विषय वस्तु छनोट हुनु गर्नु पर्ने निष्र्कष निकाले । एपीवानका टेलिभिजनका प्रधान सम्पादक पत्रकार टिकाराम यात्रीस“गको छलफलमा  लेखक दोय समाजको यथार्थको चित्रण र सन्तुष्टिका लागि लेख्ने उनीहरुको भनाई थियो । 
प्राध्यापक डा. अभि सुवेदीले राजधानी र मोफसलको साहित्यका विषयमा काठमाडौं जहा भए पनि नेतृत्व गर्ने सकिने बताए । इलामको मंगलवारेमा यस प्रकासको बहस हुनु पनि केन्द्रिकृत मानसिकता भत्कदै गएको उनको भनाई थियो । 
कार्यक्रमको अर्को श्रङ्खलामा साहित्यमा स्थानीयताको महत्वका विषयमा छलफल भयो । हाङयुक अज्ञात, मुनाराज शेर्मा र राज माङलाक बीच बहस भएको हो । पत्रकार समिरवावु कट्टेलले चलाएको बहसले स्थानीय पहिचान विनाको साहित्यको अस्तित्व नरहने निश्कर्ष निकाल्यो । मौलिक पनलाई समेटिएर साहित्य सिर्जना भए अन्य राष्ट्रले हेर्ने दृष्टिकोण परिवर्तन हुनेमा एकमत रहे । 
नेपाल प्राज्ञ प्रतिष्ठान प्राज्ञ परिषद सदस्य प्राध्यापक डा. गोपिन्द्र पौडलले समसामहिक विषयमा विवेचना गरे । पौडेलले साहित्य सिर्जनामा पूर्व नै सिङ्गो सम्प्रादय रहने बताए । 
आइतबारसम्म चल्ने महोत्सवको उद्घाटन पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले गरेका थिए । उनले नेपाली भाषाले सवैलाई एकतामा बा“धेको जनाए । महोत्सवमा स्थानिय भाषा र साहित्य, समकालीन साहित्य, सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा, युवा अवसर र नेतृत्व, साहित्य र राजनीतिका विषयमा प्रवचन प्रस्तुती हुनेछ । महोत्सवले साहित्यको वहसस“गै यस क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचारमा सहयोग गर्ने आयोजक समाजकालागि यूवाका अध्यक्ष मोति गौतमले वताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता