मेचीनगर गोल्डकपः मनिषको कप्तानीमा इलामको माईभ्याली थ्रीस्टार विरुद्ध भिडदै

काँकडभिट्टा, १७ बैशाखः मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तिम क्वाटरफाइनलमा माईभ्याली फुटबल क्लब इलामले रुस्लान थ्रीस्टार क्लब ललितपुरको सामना गर्दैछ । 
काँकडभिट्टा खेलमैदानमा जारी प्रतियोगितामा बलियो प्रतिद्धन्द्धी थ्रीस्टारलाई पराजित गर्दै माईभ्याली सुखद सुरुवात गर्ने लक्ष्यमा साथ मैदान उत्र्दैछ । ३ जना अफ्रिकी मुलका खेलाडी सहित उत्रने माईभ्यालीको टिममा उमेर समुहका अधिकाँश खेलाडीहरुको बाहुल्यता रहेको छ ।
माईभ्यालीको टिमको कप्तान मनिस थापाले गर्नेछन । यु–१९ टिमका खेलाडी सहित मैदान उत्रने इलामे टिमको गोलपोष्ट सोजित गुरुङले सम्हाल्नेछन । यता राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको थ्रीस्टार पुरानो लयलाई कायम राख्न चाहन्छ । सर्लाहीको राजर्षी जनक कपको उपाधी जितेर फर्ममा रहेको थ्रीस्टार टिमको कप्तानी अनिल गुरुङले गर्नेछन ।
थ्रीस्टार टिमबाट अनिलका अतिरिक्त बुद्ध चेम्जोङ, जिवन गुरुङ, सुनिल बल, रुपेश केसी, बिक्रम लामा, दिनेश राजवंशी, रजिन धिमाल लगायतका खेलाडी रहेका छन । टिमको गोलपोष्ट एलन न्यौपानेले सम्हाल्नेछन ।
लोकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता