बर्ड फ्लूका कारण नेपालमा पहिलो पटक एक युवकको मृत्यु

काठमाडौं १९ बैशाख । बर्ड फ्लूका कारण काभ्रेका एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज (बिहीवार) आयोजना गरेको पत्रकार सम्मेलनमा बर्ड फ्लूबाट मानिसको ज्यान गएको पुष्टि गरेको हो ।
काभ्रेका २१ वर्षीय एक युवकको एच फाइभ एन वान नामको भाइरस अर्थात बर्ड फ्लूबाट मृत्यु भएको हो । मानिसमा बर्ड फ्लू भेटिएको नेपालमा यो पहिलो घटना हो । यो निकै अप्रत्यासित घटना भएको स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले बताउनुभएको छ 

मृत युवालाई गत चैत १० गते ज्वरो र खोकी लागेपछि अस्पताल भर्ना गरिएको थियो । उनको ¥याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

केहि दिनमै स्वासप्रस्वासमा समस्या भई चैत १५ गते उनको उपचारका क्रममा मृत्यु भएको थियो । प्रयोगशालामा परीक्षणका लागि पठाइएको ¥यालमा कुन भाइरस हो भन्ने प्रमाणित नभएपछि थप परिक्षणका लागि जापान पठाइएको थियो ।

जापानबाट आएको नतिजाले उक्त युवकमा बर्ड फ्लू भएको देखाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता