व्यवसायीक बाख्रा पालनमा रमाउदैँ फिक्कलका मोहन


सिन्धुली २३, वैशाख । पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या वढिरहँदा यहा सिन्धुलीको फिक्कल गाउँपालिका–३ का देशमै केहि गर्न सकिन्छ सोचका साथै प्रसस्त जागर र ईच्छा शक्ति भएका एक युवा हुन मोहन वहादुर विश्वकर्मा । उनले रोजगारी नपाएर श्रम गर्न वैदेशिक रोजगारमा जानको लागी राहदानी समेत बनाका थिए । तर उनको एकाएक सोच परिवर्तन भयो र व्यवसायिक बाख्रपालनमा लागे ।
नेपालमा नै कृषि पेसाबाट केहि गर्न सकिन्छ कि भन्ने उदेश्य अनरुप व्यवसायीक वाख्रा पालनवाट विश्वकर्माले वार्षिक चारलाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । उनले दुई वर्ष अगाडी ओखलढुङ्गाको पलापु भन्ने ठाउँवाट २ वटा वोयर वोका खरिद गरी लोकल जातको सात वटा माउवाट क्रस पाठापाठी उत्पादन गरी व्यवसायिक बाख्रापालन सुरु गरेका थिए।
आफ्नो परिवारका सम्पुर्ण सदस्यहरुको संयुक्त श्रम र मेहनतवाट अहिले उनको फर्ममा ४४ वटा माउ, ५ वटा वोका र ५२ वटा पाठापाठी छन् । बाख्रापालन सुरु गर्नु अघि उनको घरायसी आर्थिक अवस्था निकै कमजोर रहेको उनका छिमेकीहरु वताउछन् ।
पहिले आफुसँग पैसा नहुँदा छोरा छोरी बिरामी पर्दा, घर खर्च चलाउन गाउँका मानिसहरुले एक हजार रुपैयाँ समेत नपत्याउने उनले वताए । उनले भने“ पहिले मेरो अर्थिक अवस्था निकै नै कमजोर थियो कसैले पैसा दिदैन थिए । अहिले राम्रो आम्दानी गरेको छु, छोराछोरी राम्रो विद्यालयमा पढाएको छु, राम्रो घर वनाएको छु, मलाई पहिले नपत्याउनेलाई नै अहिले आसामी लगाएर वसेको छु ।” उनको फर्मवाट उत्पादन भएका खसि वोका सिन्धुलीमाढी वजारमा ल्याएर विक्रि गर्ने गर्दछन् । न्युज२४बाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता