इलाम उद्योग वाणिज्य संघमा अध्यक्षमा ईश्वर चिपालुसहित उम्मेदवारको सार्वजनिक

इलाम, २३ बैशाखः इलाम उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि इलामका ब्यवसायीहरूको हकहितको संरक्षण र सबैखाले ब्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित ईश्वर चिपालुको अध्यक्षतामा १६ सदस्यीय ब्यवसायिक समूहले यही बैशाख २८ गते हुने संघको अधिवेशनमा उम्मेदवारी दिने भएको छ । कृषि, उद्योग धन्दा, पर्यटन जस्ता ब्यवसायबाट आगामी दिनमा इलामको विकासमा मुख्य भूमिका निभाउनेसमेत आपूmहरूको उद्धेश्य रहेको बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष रहेका अध्यक्षका उम्मेदवार चिपालुले सन्दकपुर दैनिकलाई बताएका छन् ।
चिपालुको नेतृत्वको समूहबाट वरिष्ट उपाध्यक्षमा बिब्ल्याँटेका ब्यवसायी कृष्ण पौडेल, प्रथम उपाध्यक्षमा इलाम बजारका दीपेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा चुरेघाँटीका मदन श्रेष्ठ, महिला उपाध्यक्षमा अनुजा सुबेदी, महासचिवमा निर्माण ब्यवसायीसमेत रहेका हेमन्त गौतम, सचिवमा श्रीबहादुर विष्ट र कोषाध्यक्षमा सन्तोष भक्तराजले उम्मेदवारी दिने भएका छन् । त्यस्तै सदस्यहरूमा कर्णबहादुर साम्पाङ, देवी पौडेल, सुमन सुबेदी, बालकुमार श्रेष्ठ, सुमन दास, खिना बस्नेत, देवी निरौला र दिपा गुरुङले उम्मेदवारी दिने भएका हुन् ।
सबै उम्मेदवारहरू ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरिरहेका र आगामी दिनमा उनीहरूबाट ब्यवसायी र इलामको ब्यापार ब्यवसायकै विकासमा काम गर्ने भएकाले यो समूहले अधिवेशनमार्पmत संघका सम्पूर्ण सदस्यहरूको साथ पाउने पनि बताइएको छ । इलाम उद्योग वाणिज्य संघअन्तर्गतका एक हजार एकसय ६४, माई नगरपालिका शाखाअन्तर्गतका ७० र देऊमाई नगर शाखाअन्तर्गतका ५९ जनासहित सदस्यहरू रहेको संघको अधिवेशनका लागि यो समूहको नाम नेपाली काङ्ग्रेसले सार्वजनिक गरेको बुझिएको छ ।
अरु कुनै दल या समूहबाट भने हालसम्म उम्मेदवार सार्वजनिक भएको खबर  प्राप्त भएको छैन । अधिवेशनमा चिपालु नेतृत्वको समूहमात्रै हुनसक्ने सम्भावना रहेको पनि कतिपय ब्यवसायीहरूको आँकलन छ । यद्यपी सुनचाँदी ब्यवसायी देवेन्द्र विश्वकर्माले आपूm अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । केही दिन अघि उनले आपूm बरिष्ट उपाध्यक्षमा भिड्ने बताएका थिए ।
चिपालु बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन भने विश्वकर्मा कोषाध्यक्ष हुन् । चिपालुलाई संघका पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू, बर्तमान द्वितीय उपाध्यक्ष, महासचिवलगायतको समर्थन रहेको बुझिएको छ । चिपालुले ६ वर्षअघि द्वितीय उपाध्यक्षबाट संघको कार्यसमितिको पदाधिकारीको यात्रा थालेका हुन् ।
उनले आप्mनो नेतृत्वमा साना ब्यवसायीसमेतलाई ब्यावसायिक बनाउने, ब्यवसायिक हक हितका लागि काम गर्ने, उद्योग धन्दालाई प्रवद्र्धन गर्ने, इलामको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने, कृषि स्वास्थ्य शिक्षा पर्यटनको विकासमा पहल गर्ने, नेपालमै सबैभन्दा बढी उत्पादन हुने अदुवासहित यहाँको दूग्ध, अलैँची, चिया जस्ता कृषि ब्यवसायको थप प्रवद्र्धनका काम गर्ने जनाएका छन् । 
त्यस्तै ब्यवसायिक मुद्दा, करसम्बन्धी समस्या, समृद्ध इलामको नारा, जिल्लाभरका ब्यवसायीको ब्यवसायिक दक्षता, नापतौलसम्बन्धी मुद्दा, उद्योग ब्यसायमा चर्को बैङ्क ब्याज, इलामबाट बिस्थापित सरकारी कार्यालय पुनस्र्थापना जस्ता कुराहरूमा स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार अन्य सरोकारवाला निकाय तथा निजीक्षेत्रसँग समेत सहकार्य गरि समाधान गर्ने र ब्यवसायी तथा इलामेलीका हितअनुकुल काम गर्न आपूm लागि पर्ने चिपालुले बताएका छन् । उनले इलाम उद्योग वाणिज्य संघका संस्थापक पुर्खाहरूको उद्धेश्यलाई पूरा गर्न पहल गर्ने जनाउँदै यसपटक आपूmलाई साथ दिन सम्पूर्ण ब्यवसायी सदस्यहरूमा आग्रह पनि गरेका छन् । 
इलाम उद्योग वाणिज्य संघमा संस्थापक अध्यक्ष कुबेरप्रसाद वैद्यसहित हालसम्म सात जनाले नेतृत्व गरिसकेका छन् । वैद्यपछि भगवतीदास श्रेष्ठ, पूर्णलाल श्रेष्ठ, हिमाय कर्माचार्य, भीष्म वैद्य, शुशिला सापकोटा पूर्व अध्यक्ष हुन् भने बर्तमान कार्यसमितिमा आनन्द कट्टेल अध्यक्ष छन् । 
सन्दकपुर अनलाईनबाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता