फोरम र नयाँ शक्तिबीच एकता, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने

काठमाडौं, २२ बैशाखः पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज (सोमबार) औपचारिक रुपमा एकता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष एक कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा पार्टी एकता घोषणा गरेको हुन् ।
नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर समाजवादी पार्टी नेपाल बनेको हो । घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ।
घोषणा पत्रमा पूर्ण समानुपातिक समावेशी संसदीय प्रणाली अपनाउने कुरा उल्लेख गरिएको छ । त्यसैगरी समाजवादी पार्टी नेपालले संविधान संशोधन गरेर ११ प्रदेश बनाउनुपर्ने आफ्नो मान्यता पनि सार्वजनिक गरेको छ।
दुई पार्टी एक भएपछि समाजवादी पार्टी नेपालले समाजवादी विचारधारा व्यक्ति र अन्य पार्टीलाई एकतामा आउन पनि आह्वान गरेको छ। समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उलब्धीको रक्षा र विकास गर्नुलाई आफ्नो मुख्य राजनीतिक कार्यदिशा बनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता