गगनको कटाक्ष : अब सरकारको मूलनारा ‘समृद्ध दमक, सुखी केपी ओली’

बैशाख २३,  काठमाडौंः नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने क्रममा सरकारले चालीसवटा बुँदामा झुटा कुरा प्रस्तुत गरेको आरोप लगाएका छन् । 
 सोमबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै कांग्रेस नेतासमेत रहेका थापाले सरकारले सपना देख्ने क्षमता पनि राख्न नसकेको जिकिर गरे । ‘सरकारले सपना देख्ने क्षमता पनि राख्न सकेन । राष्टपतिलाई राजाको भद्दा नक्कल गर्न उक्साइयो’, उनले भने, ‘संघीयता कार्यान्वयनका लागि बनाउने कानुन नियम ल्याएन । 
स्रोत र साधन कसेर राख्यो, मुख्य मन्त्रीलाई अञ्चलाधिश जस्तो व्यवहार गर्यो ।’  
नेता थापाले प्रधानमन्त्री आफैँले भ्रष्टाचार गर्दिन भनेर कसम खाएर १०१ काण्ड मच्चाएको आरोप लगाए । ‘भ्रष्टाचा गर्दिनँ र गर्न दिन्न भनेर प्रधानमन्त्रीले १०१ काण्ड मच्चाए’, उनले भने, ‘चटकहरुबाट चमत्कार हुन्छ भन्ने नीति नै हो सरकारको । 
मैले यहाँ उठाएका प्रश्नका उत्तर आउँदैनन् गाली आउँछन् ।’  प्रधानमन्त्रीको सचिवालयबाट दमक नगरपालिकालाई विभिन्न शीर्षकमा योजना छुट्याउन दिएको निर्देशको गगनले कडा निन्दा गरे । ‘प्रधानमन्त्री दमकका मात्रै रहेछन्, सरकारले अब मूल नारा फेरोस्’, ‘समृद्ध दमक सुखी, केपी ओली भनेर सरकारले आफ्नो मूल नारा राखोस् ।’
थाहाखबरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता