अर्थमन्त्रीद्वारा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश

काठमाडौं । सरकारले बुधबार (आज) आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गर्नुभएको हो ।
अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि वित्तीयतर्फ १ खर्ब ६७ अर्ब ८८ करोड (११ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड (२६.६ प्रतिशत) र चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ६२.४ (प्रतिशत) बजेट विनियोजन गर्नुभएको हो ।
चालु आर्थिक वर्ष २०७५÷७६ का लागि अर्थमन्त्री खतिवडाले१३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता