इलामको रोङमा पाटीसँग असन्तुष्ट नेकपा कार्यकताहरु नेपाली कांग्रेसमा प्रवेश


  •  गोबिन्द पौडेल 

रोङ १३ जेठःसत्तारुढ दल नेकपाका डेढसय बढी पाटीसँग असन्तुष्ट कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेस गरेका छन्  ।
रोङको जिर्मलेका ३४ परिवारका करिव १ सय ५० बढी कार्यकताहरु नेपाली कांग्रेसमा प्रबेस गरेका छन् । 
यसरी नेकपाका गाउँ कमिटीका दोश्रो दर्जाका नेता भनिएकाहरु प्रकाश राई, फूर्वा तामाङ्ग, किशोर चेम्चोङ्ग, तेज बहादुर सुन्दास, फुलमाया राई, परसुराम बिक लगायत रहेका छन् । रोङ गाउपालिका वडा नं ६ लामिटार, कुवापानी, लिम्बुटार फाकफोकटार, कुर्खेटार लगायतका टोलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । 
नेपाली कांग्रेस गाउँ कमिटी जिर्मलेले आयोजना गरेको पाटी प्रबेस कार्यक्रममा नेकपाका कार्यकताहरु सामुहिक रुपमा  नेपाली कांग्रेसमा प्रबेस नेपाली कांग्रेस रोङ गाउँ कमिटी जानकारी गराएको छ । पाटीमा प्रबेस गरेकाहरुलाइ नेपाली काग्रेसका नेता देबेन्द्र राईले सदस्यता दिएर स्वागत गरेका थिए । पाटी प्रबेस गदै बन्सुवामा रहेको साकेला थानमा भब्य नाचगान गरेका थिए । नेपाली काँग्रेस जिर्मलेको उपाध्यक्षकुमार मोक्तानकोे अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै नवप्रबेसी प्रकास राईले नेपाली कांग्रेसको नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको बिकासे गतिबिधि र सबैसग गरिने समान ब्यबहारले आफुहरुलाइ प्रेरित गराएको बताए । 
यता नेकपाका रोङका अध्यक्ष बृहश्पति खतिवडाले माईपोखरी न्युज सँग कुरा गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका कार्यकत भनिएकाले हामीलाई सगाएर हिडेका कार्यक्रता नभएको वताए । केही साथीहरु चुनावताका संघियबाट हामीमा आएका हुन तर हामीलाई सहयोग गरेका थिएनन् उनीहरु नेपाली कांग्रेसकै भोटर रहेको उनले वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता