सनराइज बैंकले कमायो १ अर्ब २२ करोड ६० लाख नाफा


८ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको सनराइज बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २२ करोड ६० लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव १४ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा कमाएको यस्तो नाफा ९४ करोड २१ लाख रुपैयाँ मात्रै थियो ।
बचत तथा कर्जा
बैंकले चालू आर्थिक वर्षकोे चैत मसान्तसम्मा ग्राहकबाट ७१ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी बैंकले ६८ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५९ अर्ब २१ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
ब्याज आम्दानी
समिक्षा अवधिमा बैंकले २ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव ६५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।
सूचकहरु
बैंकको पुँजीकोष ७ दशमलव ५२ प्रतिशत, आधारदर १० दशमलव ४३ प्रतिशत, ६०,औषत व्याजदर ४ दशमलव ३७ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा अनुपात १ दशमलव ३७ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २० रुपैयाँ ५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ५५ पैसा रहेको छ ।
बैंकिङ खबरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता