इटहरीका प्रीतम र ठिमिका आयुस ‘सारेगमप लिटिल च्याम्प्स’ को फाइनलमा

नेपाली बालकद्वय आयुष केसी र प्रीतम आचार्य भारतीय टेलिभिजन जी टिभीको रियालिटी शो  ‘सारेगमप लिटिल च्याम्प्स’ को फाइनलका लागि छानिएका छन्।

आइतबार बेलुका भएको प्रतिस्पर्धापछि  केसी  र आचार्य फाइनलमा पुगेका हुन्।
उनीहरु सांगीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा उत्कृष्ट ६ मा छानिए। प्रतियोगिताको फाइनलमा उत्कृष्ट ६ जनाले प्रतिष्पर्धा गर्नेछन्।

गत फेब्रुवरी ९ बाट सुरु भएको कार्यक्रम भारतीय टेलिभिजन जी टिभीबाट हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको छ। कार्यक्रमको सेमिफाइनल चरणमा नौ जनाबीच प्रतिस्पर्धा भएको थियो।

५ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहने कार्यक्रममा यसैसाता अन्तिम प्रतिस्पर्धा हुनेछ। अडिसन चरणबाट नै उत्कृष्ट प्रस्तुति दिदैं आएका आयुष र प्रितमको समाजिक सञ्जालमा चासो र चर्चा चुलिएको छ।
केसी भक्तपुर ठिमी र  आर्चाय सुनसरी इटहरीका बासिन्दा हुन्।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता