मालपोत कार्यलय इलाममा सेवाग्राहीलाई सास्ति, आठ दिन सम्म बस्नुपर्छ अंशवण्डा गर्न

इलाम १३ असारः मालपोत कार्यलय इलाम गत जेठ १९ गते इलाममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यलय डिजिटल प्रक्रियामा गएपछि कुनै समस्या नहुने बताउदै कर्यालयको उद्घाटन भयो । उनले पछिल्लो समय मालपोत कार्यालय डिजिटल प्रक्रियामा जाँदै गरेकाले यो प्रक्रिया सहज र सरल हुने विश्वासका साथ कार्यलयमा डिजिटल प्रक्रियाको उद्घाटन भएको हो ।  तर डिजिटल प्रक्रियामा गएको २२ दिन नबित्दै मालपोत कार्यलयमा आउने सेवाग्राहीले शास्ति पाउन थालेका छन । मालपोत कार्यालय इलाममा समयमै सहज रुपमा काम नहुने गरेको सेवाग्राहीहरूको गुनासो छ । कार्यलय डिजिटल प्रक्रियामा गएपछि विभिन्न काम लिएर मालपोत कार्यलय पुगेका सेवाग्राहीहरूले सहजरुपमा काम हुन नुकेको गुनासो गरेका हुन । 
 जग्गा अंशबन्डा गर्नका लागि मालपोत आएका सेवाग्राही आठ दिन सम्म बस्नु पर्ने भएपछि सेवाग्रही मार्कामा परेका छन । इलाम लक्ष्मीपुरका लेकनाथ आचार्य जग्गा अंशबन्डाका लागि आठदिन अघिदेखि आइरहेको बताउछन । आठौ दिनका दिन मात्र काम सकेर घरफर्कने तरखरमा थिए । 
कार्यलय डिजिटल प्रक्रियामा जाँदा कम कर्मचारीले काम गर्न सक्ने र सेवाग्राही आफैले पनि काम गर्न सक्ने भएकाले लेखापढी व्यवसायी९विचौलिया०को काम पनि कम पर्ने विश्वास थियो । तर मालपोत कार्यालय इलाममा पुर्जा फुकुवा,  गर्न र रोक्का गर्नका लागि आएका सेवाग्राही कार्यलयमा बारम्बार धाउनु पर्ने बाध्यता रहेको लिला दहालले बताए । कार्यलय धाउन पनि घरबाट सम्भव छैन होटलमा ५ जना आठदिन सम्म बस्दा आर्थिक भार बढ्नेगरेको पनि सेवा ग्राहीको गुनासो छ । 
कार्यालयमा दरवन्दि अनुसारको कर्मचारी नभएका कारण काम गर्न असहज भएको कर्मचारी बताउँछन् । अनलाइनबाट सेवा दिँदा इन्टरनेट सिस्टमले काम नगर्दा सेवाग्राहीको समयमा काम गर्न नसकिएको कर्मचारीको भनाइ छ ।  मालपोत कार्यालयमा अनलाईन प्रणाली सुरु भएसँगै त्यहाँका कर्मचारीले सिस्टमलाई सहजले चलाउन नसकेको र दक्ष जनशक्ति नहुदाँ ढिलो हुने गरेपनि यसलाई समाधान गर्न विभाग संग सहकार्य गरीरहेको मालपोत कार्यलय इलामका कार्यलय प्रमुख केशवकुमार ढकालले जानकारी दिए । 
कार्यालयमा चुस्त दुरुस्त सेवा प्रदान गर्नेभनेर इन्टरनेटको प्रयोग भएपनि सेवाग्राहीले दुःख पाउने गरेको देखिन्छ । घरको सारा काम मिलाएर दुई दिनमा काम सक्ने गरी गए पनि आठ दिन सम्म बस्नुपर्दा कर्यलयले कस्तो सेवा दिइरहेको छ भन्ने प्रष्ट देखिन्छ । 
सन्दकपुर अनलाईनबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता