विषालु च्याउ खाएर बिरामी परेका ११ जनामध्ये ३ को उपचारकै क्रममा निधन

काठमाडाैँ । गत शुक्रबार विषालु च्याउ खाएर बिरामी परेका पाल्पाका ११ जना मध्ये ३ जनाको गएराति उपचारको क्रममा निधन भएको छ ।

गएराति उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा थप तीन जनाको निधन भएको हो । गएराति पाल्पाका पूर्ण सिंह खाम्चा मगर, निशा सिंह ठकुरी र सुमन सिंह ठकुरीको निधन भएको हो ।

दुई दिन अघि निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने निर्मला सिंह ठकुरी र विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

विषालु च्याउ खाएर ११ जना विरामी परेकोमा ९ जनाको कावासोतीस्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई थप उपचारका लागि काठमाडौं लगिएको थियो । बिरामीहरु मध्ये १ जना निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता