जन्मदिनमा ‘मनोनेट’

बिर्तामोड, २१ जेठः झापाका पत्रकार तीर्थ सिग्देलले कथासङग्रह ‘मनोनेट’ सार्बजनिक गरेका छन् । बिर्तामोडमा सोमवार पुस्तक सार्वजनिककरण अन्र्तसम्वाद कार्यक्रमको आयोजना गरि पत्रकार सिग्देलले कथासङग्रह सार्वजनिक गरेका हुन् ।
मनोनेट पत्रकार सिग्देलको तेस्रो कृती हो । उनको यसअघि ‘पूर्वको राजनीति’ र ‘जीवनको गति’ नामक दुई पुस्तक प्रकाशित भइसकेका छन् । कथाकार तथा साहित्यकार भवानी क्षेत्रीले मनोनेट सार्वजनिक गरेकी थिइन् भने  पुस्तकका बारे चर्चा समेत गरेकी थिइन् । समाजमा परिवर्तन ल्याउने किसिमका कथा सिग्देलले लेखेको बताएकी छन् । पत्रकार सिग्देलको मनोनेट पुस्तकमा कथा छोटा र मिठा भएको उनले बताइन् । शब्दकोशमा नभएको शब्द ममोनेटलाई सिग्देलले दुई मान्छे बिचको भावना बुझ्ने नेटका रुपमा व्याख्या गरेको क्षेत्रीले बताएकी छिन्  । 
दुई दशकदेखी पत्रकारितामा सक्रिय सिग्देलको नयाँ कथासङ्ग्रहमा २२ कथा सङ्ग्रह समेटीएका छन् । उनको कथासङ्ग्रह मिडिया रिसर्च सेन्टरले प्रकाशित गरेको हो । झापाका पत्रकारलाई सहभागी गराएर उनले तेस्रो पुस्तक सार्बजनिक गरेका हुन् । पुस्तक सार्वजनिककरण कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, पत्रकार दिपिन राईले पत्रकार सिग्देलको चर्चा गरेका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता