फेरि चिनिया ह्याकरकाे निशानामा बैंक : कृषि विकास बैंकबाट लुटियाे कराेडाैँ रकम, १० जना पक्राउ

काठमाडाैँ, ८ असाेज । चिनिया ह्याकरले नेपाली बैंकहरुकाे एटिएम सिस्टममै आक्रमण गरेर कराेडाैँ पैसा लुटेकाे घटना सेलाउन नपाउँदै फेरि अर्काे ह्याकिङकाे घटना सार्वजनिक भएकाे छ ।
कृषि विकास बैंकको कम्युटर सिस्टम ह्याक गरेर करोडाैँ रकम चाेरी भएकाे बैंक स्राेतले जनाएकाे छ । यसरी चाेरी भएकाे रकम ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेकाे खुलेकाे छ ।
यस घटनामा बैंककै कर्मचारी संलग्न रहेकाे आशंका गरिए पनि यकीन पुष्टि भइसकेकाे छैन । प्रहरीले रकम निकाल्न खाेज्ने र शंकास्पद अन्यलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेकाे बताएकाे छ । अहिलेसम्म करिब १० जना पक्राउ परिसकेका छन् ।
बैंकबाट कति रकम चाेरियाे भन्नेबारे बैंकलाई यकीन जानकारी छैन । तर करिब ४ कराेडभन्दा बढी रकम चाेरी भएकाे र साढे २ करोड रकम भने ह्याकिङमा संलग्नहरुकाे खातामा गइसकेकाे जनाइएकाे छ । कृषि विकास बै‌ंकका विभिन्न पाँचवटा शाखाबाट यसरी रकम चाेरी भएकाे जानकारीमा आएकाे र थप विवरण अनुसन्धानबाट खुल्दै जाने बैंक स्राेतले बताएकाे छ ।
नियामक निकाय नेपाल राष्ट्र बै‌ंकले पनि कृषि विकास बैंकबाट रकम चोरी भएको आफूलाई जानकारी आएकाे बताएकाे छ । बैंकको सिरहालगायत शाखाबाट रकम चाेरी गरेर काठमाडौं ट्रान्सफर गरिएको तर साे रकम लुटेरा समूहले झिक्न नपाउँदै शंकास्पदहरु प्रहरीकाे नियन्त्रणमा आइसकेकाे जनाइएकाे छ ।
प्रहरी स्राेत भन्छ, ‘उनीहरुले रकम ट्रान्सफर मात्र गरेका हुन् । रकम झिकिसकेका छैनन्, अनुसन्धान सुरु भइसकेकाे छ ।’ पक्राउ परेकाहरुलाई आजै दिउँसाे २ बजे प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।
न्युज २४ बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता