इलाम नगरपालिकाको साकेलाथान हुँदै विद्युत कार्यालय जानेबाटो भत्कियो, भ्युटावर जाने पर्यटकलाई सास्ती

इलाम, १३ असोजः लगातार वर्षाका कारण इलामको साकेलाथान हुँदै विद्युतकार्यालय जानेबाटो भत्किएको छ । मन्टेश्वरी विद्यालयको खेलमैदान निमार्णगरे पछि सडक किनारमा लागएको वालको फन्डेसन नभएको कारण वाल लडेपछि बाटो अवरोध भएको हो । इलाम नगरपालिका वडा नं. सातमा पर्ने सो बाटो विद्युत कार्यालय, भ्युटावर, कारागार, आर्मी व्यारेक जानको लागि प्रयोग गरिने गरेको छ । 
बाटो भत्किए पछि पर्यटकहरु गाडी लिएर जान वञ्चीत भएका छन् । गुणस्तरहिन निर्माणको कारण बाटो भत्किएको स्थानीयको भनाई भए पनि वडा नं. सातका वडा अध्यक्ष नरेश श्रेष्ठले हामीले गत साल गरेको काममा कुनै खरावी आएको छैन पहिले गरेको काममा समस्या आएर वाल भत्किएको हो धेरै पुरानो वाल भएकाले लगातार वर्षा हुँदा वाल भत्किएको हो । 
सोबाटो भएर जाने सवारी अवरोध भए पछि होटल व्यवसायी अक्रोसित भएका छन् बाटोकारण व्यवसायनै चौपट भएको गुनासो माइपोखरी न्युजलाई गरे । बाटो भत्किए पछि मोटरसाईकल मात्र अवतजावत गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता