दुबईमा बस दुर्घटना, ६ नेपाली सहित ८ को ज्यान गयो

काठमाडाैं । दुबईमा बस दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको छ ।  त्यहाँस्थित फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने कामदार बोकेको मिनिबस सोमबार दुर्घटना हुँदा ५ नेपालीको ज्यान गएको हो ।

उक्त बस दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । त्यसैगरी १ पाकिस्तानी र १ भारतीय नागरिकको पनि ज्यान गएको बताइएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् ।

जसमा ५ भारतीय र एक जना बंगलादेशी नागरिक रहेको बताइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

ज्यान गएका नेपालीहरुको पहिचान खुल्न सकेको छैन । यसबारे जानकारी लिने प्रयास भईरहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता