सभामुख महराले दुर्व्यवहार गरेको एक महिलाको आरोप

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई एक महिलाले आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । संसद् सचिवालयमै काम गर्दै आएकी एक महिला कर्मचारीले सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।
उक्त महिला महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको भन्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा माैखिक कुराे पुगेको खुल्न आएको छ । यद्यपि महराबिरुद्ध कसैले लिखित जाहेरी भने नदिएकाे प्रहरीकाे भनाइ छ ।
प्रहरीको सम्पर्कमा आएकी ती महिलाले सभामुख महरासँग पहिलेदेखि नै चिनजान भएको र कहिलेकाहीँ कोठामा आउने जाने गरेको समेत बताइन् ।
तर आइतबार साँझ भने सभामुख महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको उनको आरोप छ । साँझ नै प्रहरीलाई उनले खबर गरेपछि प्रहरीले तत्कालको अवस्थाको भिडियो खिचेर लगेको ती महिलाले बताएकी छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता