नगरपालिका केन्द्र विवादमा झडप : एकको मृत्यु, मेयरलाई नै कारबाही माग गर्दै रातिदेखि प्रदर्शन

धनुषा, १९ भदौः धनुषाको हंसपुर नगरपालिकामा केन्द्र विवादमा भएको झडपमा घाइते स्थानीय ५५ तपेश्वर मण्डलको मृत्यु भएको छ ।
मेयर रामज्ञान मण्डलले कार्यालय सार्न खोज्दा साउन २१ गते झडप भएको थियो । सोही झडपमा मेयर पक्षधर र प्रहरीको कुटाइबाट मण्डल घाइते हुँदा जनकपुर अंचल अस्पतालमा भर्ना भएका थिए ।
उपचारकै क्रममा बुधबार साँझ ७ः३० बजे मण्डलको मृत्यु भएको जनकपुर अञ्चल अस्पतालले पुष्टि गरेको छ । मृत्यु पश्चात् हंसपुरबाट आएका स्थानीयहरूले जनकपुर अञ्चल अस्पताल मूल गेटमा राति नै प्रदर्शन गरेका छन् ।
उनीहरू कुटपिटमा संलग्न मेयरसहितलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । मृतक मंडलको शव अहिले अञ्चल अस्पतालमा राखिएको छ । राति देखी नै अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
घटना घटेको झन्डै तीन हप्ता पछि गम्भीर चोट लागेको मंडलको मृत्युको कारण किड्नी फैल भएर भएको भनए पनि अस्पतालले मृत्युको आधिकारिक कारण भने खोलेको छैन ।
मृतक परिवारजनका अनुसार दोषीलाई कारबाही र क्षति पूर्तिको व्यवस्था न गरुन्जेल लास न बुझ्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता