मेची राजमार्गको सडक किनारमा तरकारी बिक्री गरेर जीविकोपार्जन गर्दै इलामेली कृषक


इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका कृषकहरु यति वेला सडक किनारमा डोकामा भरी ल्याएर विक्री गर्न व्यस्त छन् । बर्खे तरकारीको सिजन शुरु भएसँगै उनीहरु सडक किनारमा आफ्नो घरमा उत्पादन भएको काँक्रा, इस्कुस, फर्सी, सागसव्जीको विक्री गर्दै सडकमा यात्रा गर्ने यात्रुहरुलाई सुविधा दिएका छन् ।
सूर्योदय नगरपालिका ११ का पिङ्कु आलेले पनि यो वर्ष देखि सडक किनारमा आफ्नो बारीमा उत्पान भएका सागसब्जी र काँक्रा इस्कुसको व्यापार थालेकी छन् । उनी भन्छिन- ‘अहिले सम्म त राम्रौ भई रहेको छ, आफ्नोमा उत्पादन भएकोले नपुग्दा छिमेकीकोबाट किनेर ल्याएर पनि व्यपार गर्ने गरिरहेका छौँ ।’
सडक किनारमा मिलाएर राखेका हरिया अर्गानिक काँक्रा देख्दा जो कोहीलाई पनि किनु-किनु लाग्ने गरेको छ । इलामको अर्गानिक उत्पदन मेची राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले किनेर लाने गरेका छन् । मेची राजमार्गमा रहेको तरकारीमा धेरै जसो तराईका जिल्लाहरु झापा, सुनसरी, मोरङका यात्रुहरुको आँखा पर्ने गरेको छ ।
इलामको उत्पदन अर्गानिक छ भन्ने सुनेको र पाँचथर, ताप्लेजुङ र तेह्रथुमका यात्रीहरुले पनि तरकारी लिएर जाने गरेका छन् । पाँचथरबाट झापाको रुटका सवारी चालक देउमान पाण्डे भन्छन् – ‘यात्रुहरुले राम्रो देख्दा सवारी रोकदिनु भनेका हुन्छन् हामी पनि राम्रो तरकारी देखिएको ठाउँमा सवारी रोकीदिने गरेका छौँ ।’
मेची राजमार्गमा इलामको रोङ गाउँपालिका र नेपालटार राँके सडक खण्डमा बाह्रै महिना तरकारीको व्यापार भए पनि सूर्योदय र इलाम नगरपालिकाको गोदक खण्डमा बर्खे सिजनमा मात्र व्यपार हुने गरेको सूर्योदय नगरपालिका ११ का शेखर राईले बताए ।
मेची राजमार्गका आसपास रहेका किसानहरुले आफ्नो बारीमा उत्पादन भएको सागसब्जी सडक किनारमा लगेर बिक्री गरेरै धेरै जसोलो आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् । जाँगर भए आफ्नै गाउँमा सागसब्जी उत्पादन गरे सडक किनारमा विक्रीगरेर पनि राम्रो आम्दानी गर्न सकिने उदहारण इलामेली किसानले देखाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता