इलामको राहसल बाल गृहको ४२ लाख लागतमा निर्माण गरिएको भवन हस्तान्तरण


इलाम, ५ असोज । अनाथहरुको भविष्य अन्धकारसँग नै जोडिएको हुन्छ । तर सबै अनाथहरु पनि अभागी हुँदैनन् । उनीहरुको सुनौलो भविष्यका लागि सहयोगी हातहरु अघि बढिरहेकै हुन्छन । पूर्वी नेपालको इलाममा पनि यस्तै पवित्र सोंच राखेर एउटा अनाथलय खोलियो । दुई बालबालिकाबाट सुरु भएको अनाथलयमा अहिले १५ बालबालिका पुगिसकेका छन् ।
तर बालबालिकाको बढ्दो संख्यासंगै उनीहरुलाई बिभिन्न अभावहरु देखिन थाले पछि । चन्द्र हाङ्गखिम राईको संयोजकत्वमा बिनय तिम्सीना, नरेश श्रेष्ठ, दिनेश श्रेष्ठ र वुद्धमाया सोङमीको सदस्यतामा रहेको राहसल स्रोत व्यवस्थापन अभियान समितिले ४२ लाखको लागतमा निर्माण गरेको भवन शनिबार हस्तान्तरण गरेको छ । २०७५ साल फाल्गुनमा निमार्ण शुरुगरेको भवन शनिबार हस्तातरण गरेको हो । 
भवन हस्तान्तरण कार्यक्रममा पव्लिक स्पीकर रमेश प्रसाई र सामाजिक अभियानता रञ्जीता गुरुङ अतिथि रहेका थिए । हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै रमेश प्रसाईले भने यो पुन्यकामा मलाई वोलाईएकोमा ज्यादै खुसी लागेको छ अन्यत्र अभियान चलाउन पैसा उठाउनको लागि हामीलाई वोलाई छ तर यहाँ त भवन निर्माण भई सकेपछि वोलाई यो ज्यादै खुसी लागेको छ । उनले भने यहा जन्मीए पछि कोही पनि अनाथ हुँदैन कसैको कोहीन कोहि अभिभावक हुन्छ त्यसैले यो अनाथ भन्ने शव्द शव्दकोषबाटै हटाईदिए राम्रो हुन्थ्यो । 
कार्यक्रममा अर्का अतिथि रञ्जीता गुरुङले यस्तो महान काम गर्ने सवै सहयोगीहरु प्रति आभार प्रकटगर्दै बाल गृहको सञ्चालनमा कुनै कमि कम्जोरी नहुने कुरामा विश्व्वस गर्नुभयो । 
चन्द्र हाङ्गखिम राईको अध्यक्ष्यतामा भएको कार्यक्रमा अभियानमा सहयोगी दाताहरुलाई सम्मान पत्र दिएको थियो ।
देश विदेशमा रहेका सहयोगिमनबाट सहयोग संकलन गरेर सो भवन निर्माण भएको संयोजक राईले वताएका छन् । अभियान अवधिभरी एक कपचियाको पनि अभियान खर्च नआउने पनि उनले वताए ।  साथै सहयोग समितिले अहिले आफुहरुसँग ३३ लाख मात्र रकम संकलन भएको र अन्य ६ लाख रकम दाताहरुले दिन्छौँ भनेको बाँकी रकम जुटाउनु पर्ने पनि वताए । अवको एक महिना भित्र सन्पूर्ण हिसाव सर्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने उनले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता