मोटरसाइकल दुर्घटनामा इलाम कन्यामका संजयको मृत्यु

इलाम, १३ कार्तिकः  इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा सूर्योदय नगरपालिका ७ गोगने निबासी २७ बर्षीय संजय कटुवाल रहेका छन् । उनीसँगै मोडरसाइकलमा सवार सुमन राई घाईते भएका छन् ।  
इलामको पुवाखोलामा अस्थाइ रुपमा बसोबास गदै आएका कटुवाल मंगलबार  राती ८ः३० बजेतिर राजमार्ग राँकेबाट पुवाखोला फर्कने क्रममा बाघखोर बजार छेउमा दुघटनामा परेका थिए ।  मे ७ प २०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोबाट करिब २० मिटर तल खस्दा  घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याइएकोमा उपचारको क्रममा राति पौने १ बजेको  संजय कटुवालको मृत्यु भएको थियो भने सुमन राईलाई थप उपचारको लागि झापाको बिएण्डसी पठाइएको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता