
इलाम,८ कार्तिकः इलाममा भईरहेको चौथो संस्करणको इलाम प्रीमियर लिग (आईपिएल) को उपाधि न्युस्टार तिल्केनीले हात पारेको छ । शनिबार भएको खेलमा न्यु स्टार तिल्केनीले देउमाई नगरपालिकाको त्रिवेणी युथ क्लबलाई ७० रनले पराजित गरेको हो । टस जीतेर पहिले व्याटीङ गरेको तिल्केनीले निधारित २० ओभरमा ५ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । १३२ रनको लक्ष्यको पिछागरेको त्रिवेणी ६१ रनमा अलआउट भएको थियो ।
देउमाई नगरपालिकाका मुकुन्द यादव मेन अफ दि सिरीज भए भने तिल्केनीका अंकीत सुवेदी वेस्ट व्याट्समेन भएका छन् । तिल्केनीकै प्रवेश कामती वेस्ट वलर भएका छन् । आईपिएलको चौथो संस्करणमा मुकुन्दले एक सतक सहित १४९ रन बनाएका थिए भने उनले फाइनलमा २२ रन बनाएर २ विकेट निकाले, उनले तीन पारीमा ६ विकेट पनि निकालेका थिए । तिल्केनीका व्याट्समेन अंकित सुवेदी फाइनलमा ३० रन बनाए भने २ विकेट निकाले उनको पनि यो प्रतियोगिताको ३ खेलमा १४५ रन बनाएका थिए उनको नाममा पनि ४ विकेट रहेको थियो । अंकितले यो सिजनको पहिलो सतक लगाउउँदै नटआउट १३९ रनको सानदार इन्डीङ खेलेका थिए । यस्तै तिल्केनी प्रतियोगीताका सर्वाधिक विकेट लिने प्रवेश कामतीले फाइनलमा ५ विकेट निकाले उनले पहिले ३ खेलमा १२ विकेट लिएका थिए ।
प्रतियोगिताको बिजेताले नगद रु १ लाख, उपबिजेताले नगद रु ५० हजार, बेस्ट बलर र ब्याट्सम्यानले जनही रु ५/५ हजार, म्यान अफ द सिरिजले नगद रु ७ हजार प्राप्त गरेको जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी गराएका छन् ।
खेलकाे भिडियाे यहाँ हेर्नुहाेस्
खेलकाे भिडियाे यहाँ हेर्नुहाेस्