
इलाम, ९ कार्तिकः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीको आयोजनामा बडा दशै, तिहार, नेपाल सम्बत-११४०, छठ तथा उधौली लगायतका नेपालीहरुको महान चाड-पर्वहरुको अवसरमा "शुभकामना आदान-प्रदान एवं चियापान कार्यक्रम" शुक्रबार सम्पन्नभयो ।
कार्यक्रम नेकपा जिल्ला अध्यक्ष एवं १ नं. प्रदेशसभा सदस्य रामबहादुर मगरको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज एवं प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यतामा सम्पन्नभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धिरेन्द्र शर्मा रमणले विगतको कमि, कमजोरीबाट पाठ सिक्दै राष्ट्र निर्माणको दिशामा अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
"सरकार समृद्धिको यात्रामा अघि बढेको छ" वहाँले भन्नुभयो- "यसका लागि सबैखाले स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा एकजुट भएर लागिपर्नु पर्दछ ।"

कार्यक्रममा प्रमुख अतिथि रमणबाहेक नेपाली काङ्ग्रेस इलामका सचिव खगेन्द्र देवान, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिका प्रमुख महेश बस्नेत, गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष प्रकाश अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति, इलामको सभाहलमा भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सचिव सोममाया राई (सिन्धु) ले गर्नुभएको थियो ।