आइपीएलको उपाधिको लागि तिल्केनी र देउमाई भिड्दै, मुकुन्द र अंकितलाई आ–आफ्नो टीमलाई जीताउन चुनैती

  • विनय तिम्सीना

इलाम,८ कार्तिकः इलाममा भईरहेको चौथो संस्करणको इलाम प्रीमियर लिग (आईपिएल) मा देउमाई नगरपालिकाको त्रिवेणी युथ क्लब र इलाम नगरपालिकाको न्यु स्टार तिल्केनी उपाधीको लागि शनिबार भिड्दै छन् । दुवै टीमका व्याट्समेन र बलरहरु निक्कै राम्रो लयमा देखिएका छन् । आइपीएलको लिग चरणमा त्रिवेणीले अपराजीत यात्रा गरेको छ भने तिल्केनीले आफ्नो पहिलो खेल त्रिवेणीसँग हारेको छ । त्रिवेणी आफ्नो जीतको लयलाई वरखरार राख्न चहान्छ भने त्रिवेणीले लिग चरणमा भएको वदला लिने अवरकाे रूपमा याे खेल पाएको छ । 
प्रतियोगीतामा सर्वाधिक रन बनाउने मुकुन्द यादव देउमाई नगरपालिकाबाट खेलिरहेका छन् भने प्रतियोगितामा पहिलो सतक लगाउने तथा एउटा पारीमा सर्वाधिक रन बनाउने अंकित सुवेदी तिल्केनीबाट खेली रहेका छन् । आईपिएलको चौथो संस्करणमा मुकुन्दले एक सतक सहित १४९ रन बनाएका छन उनले तीन पारीमा ६ विकेट पनि निकालेका छन् त्रिवेणीको जीतका मुख्य नायक सावितहुने मुकुन्दको व्याटीङ चलेमा तिल्केनीलाई जीत निकाल्न मुस्कील पर्ने छ । तर तिल्केनीका व्याट्समेन अंकित सुवेदीपनि रनको दौडमा पछि छैनन् उनले पनि यो प्रतियोगितामा १४५ रन बनाएका छन् उनको नाममा पनि ४ विकेट रहेको छ । अंकितले यो सिजनको पहिलो सतक लगाउउँदै नटआउट १३९ रनको सानदार इन्डीङ खेलेका छन् । दुवै खेलाडी क्यानको नजरमा पनि परिसकेका छन् मुकुन्द यादव अन्डर–१६मा परीसकेका खेलाडीहुन भने अंकित अन्डर–१९को कोल्ज क्याममा वसिसकेका छन् । 
यस्तै तिल्केनीसँग यो प्रतियोगीताका सर्वाधिक विकेट लिने प्रवेश कामती रहेका छन् उनले प्रतियोगीतामा १२ विकेट लिएका छन् उनी प्रतियोगिताका वेस्टबलरका प्रमुख दावेदार हुन भने उता त्रिवेणीका मुकुन्द मेन अफ दी सिरिजका प्रमुख दावेदार हुन । शनिबार हुने खेलमा प्रवेशको वलिङमा मुकुन्दको व्याटीङ हेर्नलायक हुने अनुमान गर्न सकिन्छ । 
खेलमा त्रिवेणीको जीतको लागि मुकुन्दले राम्रो प्रदर्शन गर्न जरुरी देखिन्छ भने तिल्केनीका लागि अंकित र प्रवेशको प्रदर्शन राम्रो हुन जरुरी देखिन्छ । 
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी फर युथ, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, न्यु स्टार्स तिल्केनी  टीमहरु प्रारम्भीक चरणबाट छनोट भएका टिमहरुको सहभागीता जनाएका थिए ।  प्रारम्भिक चरणको प्रतियोगिताको छनोट खेलमा कुल १६ टिम रहेका थिए र १६ टीमलाई चार ग्रुपमा विभाजन गरेर खेलाईएको लिग चरणबाट र उत्कृष्ट खेलाडीहरु समाबेस गर्दै शीर्ष स्थानमा रहेका चार टिमले यो सिजनको  आईपिएलको  फाइनल चरणमा प्रतिस्पर्धा गरेका हुन । 
प्रतियोगिताको बिजेताले नगद रु १ लाख, उपबिजेताले नगद रु ५० हजार, बेस्ट बलर र ब्याट्सम्यानले जनही रु ५र५ हजार, म्यान अफ द सिरिजले नगद रु ७ हजार प्राप्त गर्ने  गर्ने जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी गराएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता