युवा फसाउँदै माईजोगमाई गाउँपालिका अध्यक्ष राई

 दिनेश महत 
फिक्कल, ८ कार्तिकः इलामको माइजोगमाई गाँउपालिकाका अध्यक्ष युवा फसाउने खेलमा सकृय रहेको तथ्य बाहिर आएको छ । आफ्रनै गाउँपालिकाका  तिन युवालाई करणीको आरोपमा भएको घटनालाई तोडमोड गरेर पिडित पक्षलाई उक्साएर गाउँमा मिलिसकेको कुरा अदालतसम्म पुर्याएपछि उनको कर्तुत बाहिर आएको हो ।असोज २१ गते बिजयदशमी दिन बेलुका ८ बजे माइजोगमाइ २ जोगमाइको सरसिङ्गेको एक चिया पसलमा भएको बिबादको बिषयलाई जवर्जस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी गर्न उक्साएको पिडित महिलाले  कार्तिक ४ गते सोमबार जिल्ला अदालत इलाम, जिल्ला प्रशासन कार्यालय इलाम,जिल्ला प्रहरी कार्यालय इलाम , जिल्ला सरकारी वकील कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई आफ्रना कुरा लेखेर हुलाक मार्फत पठाएपछि राईको कर्तुत सार्बजनिक भएको हो ।
  हेर्नुहाेस् भिडियाेमा

पिडित भनिएकी महिलाले पत्र लेख्दै जवर्जस्ती करणीको आरोप झुट्टा भएको दाबी गरेकी छन् । उनले बुद्धबाणीसँगको कुराकानीमा गाउँपालिका अध्यक्ष जित बहादुर राईले  उक्साएको कारण अदालतसम्म पुग्न बाध्य भएको गुनासो गरिन्  । गाउँको सानो कुरालाई लिएर अदालत सम्म पुग्दा बाध्य पारेकोमा आफुलाई दुख लागेको पिढित मसिहलाको भनाई छ ।  पिडितले पत्रमा लेखेकी छन् “दशै टिकाको दिन बेलुका ८ बजे गाँउका ३ जना भाईहरु दुर्गा, बिशाल र अमित मेरो पसलमा  भदैनीसँग गफ गरेर बसिरहेको अवस्थामा सबिन राई मादकपदार्थ सेवन गरेर आएर भदैनीलाई केटाहरुसँग किन गफ गरेको भनेर गाली गरे । गाली गरेपछि ३ जना भाइहरुले भदैनीलाई किन कराएको हामीसँग गफगर्दा के भयो भनेपछि उनिहरु बिच एक आपसमा बिबाद शुरु भई लठ्रठी हानाहान हुदा लठ्ठी खोस्दा मेरो हातमा चोट लागेको हो भाइहरुले मलाई कुटेको ,हातपात गरेको,रेप ‘वलात्कार’ गर्ने उधोग गर्न खोजेको होइन त्यसकारण यि भाइहरुले सफाइ पाउनु पर्छ ।” 
जिल्ला न्यायधिबक्ताले कार्तिक ६ गते अभियोग पत्र साथ तीनैै जना आरोपी र पिडितलाई पनि एक साथ अदालतमा पेश गरिएको जिल्ला सरकारी न्यायधिबक्ता यवुराज महतले बताए । पिढीत भनिएकी महिलाले बुद्धबाणीसँग भनिन् “हामी गाँउमा मिलिसकेका थियौ, माइजोगमाई गाँउपालिकाका अध्यक्ष जित बहादुर राईले बल्झाइदिए ।” 
अध्यक्षले यसरी बल्झाए मुद्दा
घटना भएको तेस्रो दिन पिडित भनिएकी महिलाका श्रीमान काम गर्न नयाँबजार जाँदै गर्दा जोगमाईको जोरकटेरीमा गाँउपालिका अध्यक्ष राईसँग भेट भएपछि घटनाको बारेमा सोधे । श्रीमानले हामी गाँउमै मिलिसक्यौ भनेपछि यो घटनालाई यहाँ मिलाउनु हुदैन तपाईहरु इलाका प्रहरी कार्यालय पशुपतिनगर जानु सबै कुरा मैले मिलाएको छु भन्दै अध्यक्षले पिढीतलाई सल्लाह दिए । अध्यक्षको भनाईलाई सरासर मानेर आफुहरु इलाका प्रहरी कार्यालय पशुपतिनगर  पुगेको पिडितका श्रीमानले बताए । उनले इलाकामा पुगेर उजुरी दिई सहीछाप गरेर फर्किएको बताए । उजुरी कस्तो लेखिएको थियो हामीले बुझेनौ पिढीत महिलाले भनिन् ।इलाका प्रहरी कार्यालय जानु पहिला दुर्गाका बाबु वडा २ का अध्यक्ष समेत रहेका डम्बर सुबेदीलाई झगडाको कारण घाइते भएकी पिढीत महिलाको उपचारमा चासो देखाउन आग्रह गर्दा वडा अध्यक्ष सुवेदीले उल्टै हप्काएको गुनासो पिढीतका श्रीमानले गरे । पिढीतका श्रीमानले भने  “रैपनि हामी गाउँमै मिलाउने सोचमा थियौे ।” पिडीत महिलाले भनिन् “उजुरीको भोली पल्ट भाइहरु पक्राउ परे, गाँउमा हल्ला चल्यो, जवर्जस्ती करणी उधोगमा मुद्दा रहेछ भनेपछि हामी अतालिऔ । भएको घटनालाई तोडमोड गरेर गाउँपालिका अध्यक्षले गाउँमा सबैसामु बसिनसक्नु बनाउनु भयो ।”  आर्थिक अवस्था कमजोर भएका पिढीत दम्पतीले दैनिक ज्याला मजदुरीमा नजाँदा गुजारा नचल्ने भन्दै अदालते निर्दोसलाई धलौटीमा रिहा गरेकोमा खुशी व्यक्त गरे ।भनेको नमान्दा हामीसँग अध्यक्ष राई रिसाउनु भएको खबर सम्म पाएको  पिढीतका श्रमिानले बताए ।’ जिल्ला अदालत इलाममा बुधबार जिल्ला सरकारी न्यायधिवक्ता युवराज महत र दोस्रो पक्षको तर्फबाट अधिवक्ता मदन खड्का र अधिबक्ता जिवन कोइरालाको वहसपछि न्यायाधिस हरिश्चन्द्र इङ्नामको इजलासले प्रतिब्याक्ती १ लाख १० हजार ढलौटीमा तीने जनालाई रिहा गर्न आदेश गरेको छ ।   
यस अघि प्रहरीमा हालेको उजुरीमा दशै टिकाको बेलुका ८ बजे पसल सञ्चालीका दाउरा लिन जाँदा सोही स्थान बस्ने दुर्गा सुबेदी ,बिसाल सुबेदी र अमृत भनिने अमित थामीले दुबै हात समाती लडाउन खोजी शरीरको जताततै संबेदनशील भागहरुमा समाती लछार पछारपारी जवरजस्ती गर्न खोज्दा हातको बाँयापटि काटेकाले जवरजस्ती करणीको उधोगको कसुरमा कार्वाही सजाय माग गरिएको छ । उजुरीका आधारमा श्री जिल्ला अदालतले पक्राउ पूजी जारी गरि २३ गते घटनामा संलग्न रहेका भनिएका तीने जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय पशुपतिनगरले अनुसन्धान सूरु गरेको थियो । अनुसन्धानका क्रममा कार्तिक ३ गते आइताबार इकाला प्रहरी कार्यालय पशुपतिनगरमा घटनाको बस्तुस्थिति मुजुल्कामा पिढीतका छिमेकी गणेश बहादुर सुबेदीले छिमेकीको घरमा झगडा भएको सुनेको प्रहरीलाई वयान दिएका छन् ।  उनले पिढीत महिलाले छुट्यान जाँदा बाँया हातमा सामान्य चोट लागेको बताएका छन् । उनले भनेका छन् –‘जवरर्जस्ती करणी गर्न खोजेको भनि गाँउघरमा हो हल्ला सुनेर थाहा पाएको हो ।’
पिडीत महिलाले विहीबारको अदालतमा दिएको वक पत्रमा पनि आरोपी युवाहरुले करणीको कसुर नगरेको जिकिर गरेको बताइन् । उनले अघिल्लो जाहेरी झुटा रहेको बताएकी छन् । गाउँपालिका अध्यक्ष जित बहादुर राईले पिढीतले सल्लाह मागेपछि प्रहरीमा जान सल्लाह दिएको बताए । प्रहरीमा निवेदन वनाउन सहयोग गरेको कुरा गलत भएको उनले बताए । उनले भने “पिढीतले मुद्धाहाल्न उचालेको भन्ने आरोप हावादारी कुरा हो ।”अध्यक्ष राई नेकपाको तर्फबाट गाउँ पालिकामा अध्यक्ष बनेका हुन् भने आरोपी दुर्गा सुवेदीका बाबु डम्बर सुवेदी  वडा नम्बर २ मा नेपाली काग्रेसका तर्फबाट विजयी अध्यक्ष हुन् । सुवेदीले राजनीतीक प्रतिशोधका कारण घटना गाउँ पालिका अध्यक्ष राईले विवादलाई बल्झाएको आरोप लगाए । 
केछ त कानुनी ब्यावस्था
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को ३ ङ मा जवरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थती र महिलाको उमेरहेरी १८ बर्ष वा अठार बर्ष बढिकी महिला भए ७ देखि १० बर्ष सम्म सजायहुने व्यवस्था गरेको छ । 
रेडिाये वुद्धवाणीबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता