इलामको नेपाल भारत सिमानामा १ वटा जंगे पिलर, ११ वटा साहयक पिलर र २५ वटा सानो पिलर नै गायव

इलाम, ३ मंसिरः इलाम जिल्लाको सन्दकपुरदेखि  रोङ गाउँपालिकाको मेचीखोसम्मको साडे ५२ किलोमिटर क्षेत्र नेपालको सीमा भारतसँग जोडीएको छ । यती लामो सीमा क्षेत्रको निगरानीका लागि गएको वर्षदेखि पशुपतिनगर फाटकमा वोर्डर अब्जरवेशन पोष्ट (बिओपी) राखिएको छ । तर लामो दुरी र कठिन भौगोलिक अवस्थाका कारण सवै सीमा क्षेत्रको नियमित निगरानी गर्न एउटै मात्र पोष्ट पर्याप्त छैन । भारतीय क्षेत्रमा ३ देखि ४ किलोमिटरको फरकमा एसएसबी क्याम्प छन् । 
हेर्नुहाेस भिडियाे 

इलामको सीमावर्ती क्षेत्रमा ३७ सीमा स्तम्भ छैनन् । यो क्षेत्रमा मुख्य (जंगे) पिलर १७ हुनु पर्नेमा १६ छन् ।  साहयक पिलर ८३ हुनु पर्नेमा ७२ र सानो पिलर ४६ हुनु पर्नेमा २१ मात्र छन् । सीमा पिलर नै कतिपय ठाउँमा गायव भएका कारण पनि सीमामा समस्या वल्झने गरेको जानकारहरु वताउछँन् । 
सीमा क्षेत्रको अतिक्रमणको विरुधमा विद्यार्थी संघठनहरुले छुट्टा छुट्टै आन्दोलन गरिरहेका छन् । नेपाल भारतको सीमा विवाद सरकारले कुटनीतिक तवरले मिलाउनु पर्ने र यसको नेपाल विद्यार्थीसंघले संधैव खवदारी गरिरहेने नेपाल विद्यार्थी संघका इलाम अध्यक्ष प्रकास भट्टराई वताउँछन् । 
स्थानीय प्रशासनले ०६५ मा गरेको अनुगमन अनुसार इलामको सन्दकपुरदेखि जिर्मलेसम्मको ४४ किलो मिटर क्षेत्र मध्ये सन्दकपुर, मानेभञ्ज्याङ, सीमाना बजार, पुलखोला, फाटक, पेनल, हिले, गुफापातल र छब्बिसे, पशुपतिनगरलगायत क्षेत्रमा समस्या छ ।
नेपाल भारत सीमाको समस्या सामाधान गर्नको लागि नेपाल भारतको संयुक्त सिमा वैठक वसेर सीमा निर्धाण गर्ने प्रमुख जिल्ला अधिकारी सीताराम कार्की वताउँछन् ।
पूर्वी सीमावर्ती सन्दकपुर क्षेत्रमा भारतले पर्यटनमार्फत उल्लेख्य फाइदा लिएको छ । भारत भएर आउने पर्यटकले कतिपय स्थानमा नेपाल क्षेत्रको सडक प्रयोग गर्छन् भने दृष्यावलोकनसहित विभिन्न पर्यटकीय गतिविधिकालागि नेपाली भूमि पनि प्रयोग हुन्छ । तर नेपालले भने आफ्नो भूमीको प्रयोग गरेर पर्यटनमार्फत फाइदा लिन भने पाएको छैन । नेपालले बनाउनलागेको भ्युटावर पनि सीमा विवादको कारण निर्माण कार्या रोकिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता