
इलाम, २९ मंसिरः इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा शिविर सञ्चालन हुने भएको छ ।
नेपाल नेत्रज्योती संघ जिल्ला शाखा इलाम र सूर्योदय नगरपालिकाको आयोजना तथा विराटनगर आँखा अस्पताल विराटनगरको प्रविधिक सहयोग साथै जिल्ला प्रहरी कार्यालय इलामको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पौष २, ३ र ४ गते प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर वस्ने भएको छ ।
नेपाल नेत्रज्याती इलामले जिल्लामा रहेका आँखाका रोगी तथा जेष्ठ नागरिको आँखाको समस्याको सामाधान तथा मोतियाविन्दुको शल्याक्रिया गर्नु पर्ने रोगीहरुलाई निःशुल्क शल्याक्रिया गर्नको लागि आँखा शिवर सञ्चालन गर्न लागेको संस्थाका सभापति इन्द्र फुएलले माइपोखरी न्युजलाई वताए ।