सागमा पदक विजेतालाई कांग्रेस नेता खड्काले गरे सम्मान

इलाम, १ पुसः  इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली खेलकुद -साग_ मा इलाममा जन्मेर राष्ट्रको नाम राख्ने पाँच खेलाडीलाई काठमाडौमा सम्मान तथा पुरस्कार प्रदान गरेका छन्  ।
इलामेली समाजको संयोजनामा मंगलबार  फुटबलमा स्वर्ण पदक बिजेता जमुनाका छिरीङ गुरुङ, उसुमा स्वर्ण बिजेता जुनी राई सूर्योदय नगरपालिकाकी रजत पदक विजेता महिला फुटबल टिमकी गोल रक्षक एन्जिला तुम्बापो, विच भलिबलमा कास्य पदक प्राप्त गर्ने इलाम गजुरमुखीकी विनिता बुढाथोकीलाई र वास्केट बलममा कास्य पदक विजेता सुलुवुङका विजय वुर्जालाई उनले सम्मान गरेका हुन ।
कार्यक्रम संविधान सभाका अध्यक्ष तथा पूर्व साभामुख सुवास नेम्वाङ्गको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका विसिष्ठ व्याक्तिहरुको उपस्थिति रहेको थियो । 
जिल्लाभर हुने फुटबल, भलिबललगायत बिभिन्न खेलमा स्वर्ण पदक विजेतालाई पच्चिसहजार रजतलाई  वीस हजार र   कास्यलाई पन्द्रहजार नगद पुरस्कार सहित सम्मान पत्रले सम्मान गरिएको र खेलाडीको मनोबल बढाउन सहयोग गर्दै आएको नेता खड्काले राष्ट्रिय कीर्तिमान राख्ने इलामका खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको उनले वताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता