
काठमाडौं । आगामी चैत ६ गतेदेखि एसईई सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका मंगलबार सार्वजनिक गरेको हो ।
बोर्डको सोमबार (हिजो) बसेको बैठकले परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको एकसाथ हुने समेत जनाएको छ । परीक्षा चैत ६ गतेदेखि १७ गतेसम्म चल्ने छ ।