सूर्योदय नगर पर्यटन महोत्सव : मूख्यमन्त्रीकै अगाडी गैर कानुनी ड्रोन


इलाम, १४ मङ्सिर : निक्कै तामझामका साथ सूर्योदय नगरपालिकामा शुरु भएको प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुकै अगाडि बिना अनुमति दर्ता नै नगरिएको रिमोट्ली पाइलोटेड एयरक्राप्mट (ड्रोन) प्रयोग गरेर प्रदेशका मुख्यमन्त्रीसमेत उपस्थित सम्मानित कार्यक्रमको धज्जी उडाउने काम भएको छ ।
नेपाल सरकारले नौ महिना अघिमात्रै अर्थात् २०७५ फागुन ३ गते स्वीकृत गरि जारि गरेको मानवरहित हवाई उपकरण (ड्रोन) उडानसम्बन्धी कार्यविधी २०७५ को ड्रोन प्रयोग गर्नुअघि जनुसुकै प्रयोगमा आउने ड्रोनहरु नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरि दर्ता नम्बर लिएर मात्र सञ्चालन गर्न पाउने ब्यवस्थालाई बेवास्ता गर्दै सूर्योदय नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा झापाको सूर्योदय टेलिभिजनले ड्रोन उडाएर धज्जी उडाएको हो ।
मुख्यमन्त्रीका सुरक्षा संयन्त्रसहित इलामका सुरक्षा निकायका प्रमुखहरु प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख र शसस्त्र प्रहरी बलका प्रमुख समेत रहेको कार्यक्रममा ड्रोन उडान हुँदै गर्दा ती सुरक्षा निकायका प्रमुखहरु कसैलाई ड्रोन उडाउने बारेमा जानकारी सम्म थिएन । जबकी प्राधिकरणबाट दर्ता नम्बर पाएका ड्रोन पनि प्राधिकरणको दर्ता नम्बरसहितका कागजात बुझाएर जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट उडान अनुमति लिएपछि मात्र ड्रोन उडाउन पाउने ब्यवस्था कार्यविधीले गरेको छ ।
तर, कार्यक्रमअवधिमा मुख्यमन्त्रीकै र उडान अनुमति दिने निकायका प्रमुखहरुकै अगाडि निष्फीक्री बिना अनुमति ड्रोन उडिरहँदा सुरक्षा प्रमुखहरु भने चुपचाप कानमा तेल हालेर आथित्यता ग्रहण गरिरहेका थिए । यतिसम्म कि प्रमुख जिल्ला अधिकारी सिताराम कार्की र नेपाल प्रहरी प्रमुख हिराबहादुर पाण्डेलाई यस विषयमा जानकारी माग्दा आपूmहरुलाई केही थाहा नभएको गैर जिम्मेवार जवाफ दिए । प्रजिअ कार्कीले भने, ‘अनुमति लिने ब्यवस्था छ । प्रशासनबाट अनुमति लिएको छैन । प्रहरीलाई जानकारी दिएको छ कि ! म बुभ्mछु ।’ 
प्रजिअले त्यसो भन्दै गर्दा प्रहरी उपरीक्षक पाण्डेले पनि आपूmले यो कार्यक्रममा ड्रोन उडान हुनेबारे कुनै जानकारी नै नपाएको बताए । उनको भनाई थियो, ‘मलाई ड्रोन उड्ने, उडाउने केही थाहा छैन । यसबारे सीडीओ साबलाई थाहा हुनुपर्ने हो । वहाँले आदेश दिनु भयो भने म अहिले नै पक्रिदिन्छु ।’
यस विषयमा सूर्योदय टेलिभिजनका कार्यक्रम प्रमुख देवी गौतमसँग बुभ्mदा आपूmहरुले नगर प्रमुखसँग कुरा गर्दा हुन्छ भनेपछि ड्रोन उडाएको बताउँदै प्रशासनबाट अनुमति भने नलिएको स्वीकार गरे ।
सन्दकपुर अन्लाइनबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता