शेर्पा सस्कृतिक बोर्डकाे चौधलाख लगानीमा राङभाङ वस्ती देिख काेइला गाेदाम सम्म सडक निर्माण

सुकेपोखरी २० मंसिरः  सुके जौरबंगलो खण्डको राङभाङ फरेष्ट बस्तीलाई मिरिक जाने मुल सडक सम्म जौडने राङभाङ बस्ती देखि कोइला गोदाम सम्मको नव निर्मित सडकको उद्घाटन शुक्रबार  बिशेष कार्यक्रम विच समपन्न भएको छ । राङभाङ बस्तीका बासिन्दाहरूको समस्याहरू साथै बाटोले गर्दा दैनिक रूपमा स्थानीय जनसाधारणले भोग्दै आइरहेको समस्यालाई ध्यानमा राख्दै पश्चिम बंगाल शेर्पा सस्कृतिक बोर्डले ६०० मिटर सडकको मर्मत र निर्माण कार्य सम्पन्न गरिदिएका छन् । पश्चिम बंगाल शेर्पा सस्कृतिक बोर्ड, अल शेर्पा ऐसिसोसन सुके खण्ड अनि राङभाङ युनिटको सयुक्त तत्वावधानमा आज उद्घाटन कार्यक्रम आयोजना गरियो। पश्चिम बंगाल शेर्पा सस्कृतिक बोर्डले कुल चौध लाख रुपैयाँको लागतमा निर्माण गरिएको सडकको मिरिक नगरपालिका चियरमेन एल बी राई अनि शेर्पा बोर्ड चियरमेन निमा वाङ्दी शेर्पाको बाहुलीबाट रिबन काटेर उत्धाटन गरियो। 
आजको कार्यक्रममा शेर्पा बोर्ड भाइस चियरमेन ला डिक्की शेर्पा , सुके खण्ड बिकास कार्यलय अभियन्ता छिरिङ शेर्पा, अल शेर्पा ऐसिसोसन केन्द्रीय समितिको उपसभापति दानु शेर्पा, खस बोर्ड सदस्य एस छेत्री, अल शेर्पा ऐसिसोसन सुके खण्ड सभापति काजी शेपा, सचिव साङ्गे शेर्पा, बोड मेम्बर छिरिङ शेर्पा, रिनछेन शेर्पा लगायत खण्ड समितिका अन्य पदाधिकारी, खण्ड अधिनस्थ सातवटा युनिटका पदाधिकारी अनि स्थानीय राङभाङ युनिटका सदस्य लगायत जनसाधारण को उपस्थिति रहेको थियो । कोइला गोदामबाट पैदल हिँडेर अतिथिहरूले बाटोको निरीक्षण गर्दै राङभाङ फरेष्ट बस्ती खेलमैदान सम्म पुगे । त्यसपश्चात् दोस्रो चरणको कार्यक्रममा स्थानीय वासिन्दा साथै शेर्पा समुदायले आफ्नो सस्कृतिक परम्परा अनुसार अतिथिहरूलाई स्वागत गर्द खदा अर्पण गर्दै आभार प्रकट गरे। 
खण्ड समितिका सचिव साङ्गे शेर्पा सचालन गरेको कार्यक्रममा राङभाङ युनिटवाट ला डिक्की शेर्पाले शेपा बोर्डलाई बाटो निम्ति धन्यवाद ज्ञापन गर्दै अझ गाउँको अन्त भाग सम्म जौडने बाटो निर्माण गरिदिने अनुरोध गरे। स्थानीय गाउँवासीको पक्षबाट आभार प्रकट गर्दै टिका राईले शेर्पा बोर्ड मार्फत गाउँ धैरे मात्रमा बिकाश भइरहेको बताउँदै अन्य बोर्ड बाट भनेजस्तो बिकाश कार्य यस गाउँमा नभएको जनाउँदै अझ गाउँको अन्त भाग सम्म जौडने बाटो निर्माण गरिदिने अनुरोध चियमेन समक्ष गाउँ वासीको पक्षबाट राखे। मुख्य अतिथिको आसन बाट सम्बोधन राख्दै एल बी राईले शेर्पा बोर्डको कार्यको प्रशंसा गरे उनले गाउँको अन्त भाग सम्म जौडने बाटो निर्माण निम्ति आफु गर्नु सक्ने सबै पहल गरिदिने उपस्थित भेलालाई आश्वस्त गरिए साथै जनसाधारणको समस्यालाई ध्यानमा राखेर शेर्पा बोर्ड गरेको कार्यको सराहना गरे। शेर्पा बोर्ड चियरमेन निमा वाङ्दी शेर्पाले शेर्पा जाति लिनुमा भन्दा बिशेष दिनुमा बिश्वास राख्ने जाति भएको हुनाले जतिसक्दो जनसाधारणको हित अनि बिकाशमा कार्य गरिरहेको बताए । राज्यका मुख्य मन्त्री ममता ब्यनारजीले पहाड अनि शेर्पा जातिको बिकाशको निम्ति सोच राखेर धेरै धेरै कार्य गरिरहेको कारण आज यसरी गाउँ बस्तीहरूमा बिकाश पुगिरहेको बताउँदै जब दिने समय आउँछ त्यतीबेला मन ठुलो गरेर यो जाति पनि दिनु पर्छ भनि बताए । पहिलेका  धेरै सरकारहरू आए तर जुन हालको राज्यका सरकारले हामी माथि सोच अनि धारणा राखेर बिकाशित बनाउदै छ त्यसको निम्ति हामी सरकार प्रति आभारी बन्नु पर्छ पनि उनले वताए ।  कार्यक्रमको अन्तमा  समितिको पक्षबाट सचिव साङ्गे शेर्पाले सबैलाई धन्यवाद दिए। कार्यक्रम समापन पछि शेर्पा बोर्ड चियरमेन निमा वाङ्दी शेर्पाले राङभाङ क्षेत्रमा निर्माण भइरहेको घरको निरीक्षण गरे यसरीनै उनले सिमाना स्थित गोलीटार पर्यटन केन्द्रमा बोर्ड द्वरा निर्मित केमिलिया पार्क अनि कान्यभिर पारमेनमा बिकाशमुलक कार्य अनि पर्यटन बिकशित गराउन बोर्ड द्वरा गरिने योजनाहरूको निरीक्षण अनि सम्भावना माथि स्थानीय शेर्पा समुदाय सग कुराकानी गरे।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता