
इलाम, २६ पुसः लामको सुर्योदय नगरपालिकामा यहि माघ २ गते बिहिबार तदनुसार जनवरी १६ बाट १६ औ संस्करणको आइताबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिता २०७६ प्रतियोगिता हुन लाग्दै छ।आइताबारे युवा क्लवको आयोजना प्रतियोगिता हुन लागेको हो ।
सुर्योदय नगरपालिकाको ११ आइताबारे बिरेन्द्र माध्यमिक बिधालयको खेलमैदानमा प्रतियोगिता आयोजना हुन लागेको आयोजक समितिका अध्यक्ष खड्ग प्रसाद दहालले जानकारी गराएका छन् ।शनिबार आइताबारे युवा क्लवको भवनमा पत्रकार सम्मेलन गदै २०५८ सालमा स्थापना भएर सामाजिक ,स्वास्थ्य, शिक्षा ,जनचेतना, खेलकुद, कार्यहरुमा सकृय रहेर आफ्नो पहिचान बनाइ सकेको सम्मेलनमा जानकारी गराइएको छ । उत्त प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहने आयोेजक समितिका उपाध्यक्ष लजेन बरफोङगले बताए ।
नेपाल भ्रमण बर्ष २०२० को भब्य, सब्य र सफलपार्रौ, चेलीबेटी बेचबिखन एच। आइ। भि ,एड्रस बिरुद्धको हाम्रो अभियान भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिता माघ ११ गते सम्म हुने गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा झापा र इलामका बिभिन्न क्लबका १६ टिमहरुको सहभागीता हुने फुटबल आयोजक समितिका कोषाध्यक्ष अमिर बिक्रम ताम्राकारले बताए ।
बिरेन्द्र माबीको खेलमैदानमा हुन लागेको खेलमैदानमा हुन लागेको प्रतियोगितामा प्रथम हुनेलाइ ८० हजार एक १ सय ११ रुपैया , दोस्रो हुनेलाई ५० हजार १ सय १ रुपैया नगद सहित ट्फी ,मेडल र प्रमाण पत्र रहेको छ । उत्त प्रतियोगीता सम्पन्न हुदा सम्म ४ लाख पचास हजार खर्च हुने आयोजक समितिले जनाएको छ । सेभेन साइटमा हुने प्रतियोगितामा खेल अवधीभर ५ हजार दर्शब भित्रीने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम पुरस्कार समाजसेबी नेपाली काग्रेसका युवा नेता डम्बर खड्काले प्रथम पुरस्कार दिइने भएका छन् । आफ्ना आमा बाबुको सम्झनामा मेची अञ्चल आयुबेदिक अस्पताल आइताबारेका प्रमुख तिर्थराज आचार्यले दोस्रो पुरस्कार दिने भएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनलको दिन माघ ११ गते नेसनल डेन्टल केयर सेन्टर झापाले निशुल्क दन्त शिबिरको आयोजना गरेको संञ्चालक नबिन आचार्यले बताए । सोही दिन एपोलो हस्पिटल एवं ट्रमा सेन्टर इलामले हाडजोर्नी नसा सुगर ,प्रेसर सम्बन्धि निशुल्क शिबिरको समेत आयोजना गरिएको छ । खेल अवधीभरी १५ हजार दर्शक भत्रिने आयोजकले जनाएको छ ।उत्त प्रतियोगिता सफल बनाउन बिभिन्न जनप्रतिनिधी संद्द सस्था , राजनैतिक दल ,उधोगी ,ब्यापारी ,सुभचिन्तक लगायतमा सहयोगको अपेक्षा गरेको आयोजकले जनाएको छ ।