समाजसेवी अञ्जनाले दिईन राहसललाई ग्याँस गिजर

इलाम, २६ पुसः इलाम नगरपालिका भन्ज्याङ्गमा रहेको राहसल बाल गृहलाई इलाम शेरा निवासी समाजसेवी अञ्जना गुरुङले ग्याँस गिजर सहयोग गरेकी छन् । हाल सो गृहमा  १५ जना  बालबच्चाहरु रहेका छन् । लामो समय देखि युकेमा बसोबास गर्दै आएकी गुरुङ्गले नेपालका विभिन्न संघ, सस्था ,बरबोटे सुस्त तथा बौद्धिक अपाङ्ग स्कुल सहयोग गर्दैआएकी छिन।
युकेमा पनि  विभिन्न नेपाली संघ सस्थामा आबद्ध रहदै आएकी अन्जना यस पटक आफ्नै माइती गाउको बाल आश्रमका बालवालिकाहरुलाई  सहयोग गर्न पाउँदा खुशी ब्यत्त गरिन।आगामी दिनहरुमा राहसलको लागि थप सहयोग निरन्तरता प्रदान गर्ने कुरा समेत प्रतिवद्द्ता जाहेर गरिन।
जाडोको समयमा ज्यादा चिसो बढने हुनाले केटाकेटी नुहाउन नमान्ने कारण केटाकेटीको स्वास्थमा प्रतिकुल असर पर्ने हुदा अब त्यो समस्या टरेको छ।गिजर जडान पश्चात् तातोपानीमा केटाकेटी नुहाउन सहज भएको कुरा आश्रमका अध्यक्ष राजेन्द्र चौहान बताउनु हुन्छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता