झापाबाट काठमाडौं आउदै गरेको हायस सिन्धुलीमा दुर्घटना, चालकको मृत्यु, १० घाइते

सिन्धुली, १२ माघ । झापाबाट काठमाडौं आउदै गरेको हायस सिन्धुलीमा दुर्घटना हुँदा एकको ज्यान गएको छ ।
शनिबार राति झापाबाट काठमाडौंका लागि छुटेको बा ४ ख ६९६ नम्बरको हायस सिन्धुलीको ढुङ्ग्रे भन्ज्याङमा दुर्घटना हुँदा अन्य १० जना घाइते भएका सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा हायसका चालक काठमाडौं काडाघारीका मोहन महर्जन रहेका छन् । घाइते सबैको उपचार सिन्धुलीमै भइरहेको प्रहरीले बताएको छ ।
हायस के कारणले दुर्घटना भयो भन्नेबारे खुल्न सकेको छैन् । यसको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता