पत्रकार शर्माको परिवारलाई सम्पादक शिवाकोटीले गरे सहयोग

सुर्खेत। बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिल प्रसाद शर्माको परिवारलाई पत्रकार अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गरेका छन्।
नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले सुर्खेतमै पुगी पत्रकार शर्माकी बहिनी नान्कला शर्मालाई २५ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन्।
झ्न्जा साहसिक पत्रकारिता पुरस्कार पाएका शिवाकोटीले सो पुरस्कारको रकम मध्येबाट पत्रकार शर्माको परिवारलाई २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए।
बाल्यकालमै पिता गुमाएका शर्माको २३ बर्षको कलिलो उमेरमै गत कार्तिक २८ गते निधन भएको थियो। शर्माको आमा र बहिनी हुनुहुन्छ। परिवारको आर्थिक भरथेग गर्ने एक्लो छोरा गुमेपछि शर्मा परिवार पारिवारिक जटिलताबाट गुज्रिरहेको छक्ष्
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता