इलाम अस्पतालका स्वास्थ्यकर्मीहरुलाई माईभ्याली फूटबल क्लबको सहयोग

इलाम, १४ चैत्रः कोरोनाको महामारीबाट विश्व आक्रान्त छ । यो महामारीबाट विश्व मानव जातिलाइ सुरक्षित गर्न स्वास्थ्यकर्मीहरु आफ्नो जीवनलाइ दाउमा राखेर खटेका छन । 
हाम्रो देश नेपाल त्यसमा पनि इलाम अस्पतालको अवस्था हामी सबैलाइ थाहा भएकै छ । तथापी इलाममा आइपर्ने महामारीको विरुद्द यहाँका स्वास्थ्यकर्मीहरु कमसल मास्कको भरमा दिन रात जुधिरहनु परेको छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुको जीवन रक्षाको बारेमा हामीले पनि सोंच्नु पर्ने अवस्थालाइ मध्यनजर गर्दै देखिएको संक्रमणबाट रोक्ने पोशाक (PPE) इलाम अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरुलाइ माइभ्याली फूटबल क्लबको तर्फबाट उपलब्ध गराउने क्लबका अध्यक्ष धिरेन चेम्जो  गराए । बजारमा एक सेट पोशाक (PPE)को मुल्य एक हजार एक सय पर्दछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता