इलामको रोङमा उच्च सर्तकता, ६२ जना सुरक्षित निगरानी केन्द्रमा


  • गोबिन्द पौडेल 

रोङ, १३ चैत्रः  कोरोना भाइरसले बिश्वलाई तर्साइरहेको बेला भारतसँग सिमाना जोडिएको इलामको रोङ गाँउपालिकाले उच्च सर्तकता अपनाएको छ । भारतसग १२ किलोमिटर खुल्ला सिमाना रहेको रोङ गाँउपालिकामा अहिलेसम्म भारत र अन्य मुलुकबाट घर फर्किएका नागरिकहरुको तथ्याङ्क संकलन गरि ६२ जनालाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानी रहने गरि सुरक्षित बासको ब्यवस्था गरिएको छ । 
अहिलेसम्म रोङ गाउपलिकाको वडा नं १ मा ३, वडा नं २मा ३ , वडा नं ४ मा दुइजना भारतीय पाउना सहित ४ ,वडा नं ५ मा १७ र सबैभन्दा बढी वडा नं ६ मा ५१ जनालाइ सुरक्षित निगरानी केन्द्रमा राखिएको रोङ ूस्वास्थ्य शाखा प्रमुख नेत्र पोखरेलले बताउनुभयो । उनिहरु मध्ये वडा नं ५ र ६ नागरीकहरुलाइ नजिकैको बिद्यालयमा केन्द्र बनाएर राखिएको छ भने अन्य वडाका नागरिकहरु घरमै सुरक्षित बासमा रहेका छन् । यसरी  सरक्षित निगरानी केन्द्रमा बसेकाहरुको लागि  भोजन, बत्ती , पानी , टेलिफोन र इन्टरनेटको ब्यवस्था गाँउपालिकाले मिलाएको र दैनिक २ पटक स्वास्थ्य परिक्षाण र सरसफाइको समेत ब्यवस्था मिलाइएको छ । 
गाँउपालिकाले यस अघि नै बिभिन्न संघ संस्था, र जनप्रतिनिधिहरु र राजनितिक दलहरुको सहयोगमा तथ्याँक संकलन गरेको थियो । अहिलेपनि गाँउ र टोल टोलमा तिनै स्वयंसेवकहरुको सहयोगमा सचेतनाको लागि पर्चा बितरण भइरहेको र वडा नं ६ ले टोलका पसलहरुमा मास्क र साबुनको बिक्रिको  लागिब्यवस्था मिलाइएको छ । रोङ ६ को पसलमा मास्क प्रतिगोटा रु २० मा पाइने गरेको छ । यता अहोरात्र खटिरहने स्वास्थ्य कर्मीहरुको लागि ज्वरो नाप्ने सामाग्रीको अधाव भएको छ । सामाग्री बजारमा नपाइएपछि अभाव भएको हो साम्रग्री खरिदको लागि बिराटनगर सम्म पुगिएको भएपनि हालसम्म नपाइएको प्रमुख पोखरेलले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता