बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोना संक्रमित, आइसोलेशन वार्डबाटै सरकार सञ्चालन गर्ने

काठमाडौं, १४ चैत । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । यस विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले पुष्टि गर्दै प्रधानमन्त्री जोनसनमा कोरोनाको सामान्य लक्षण देखिएको जानकारी गराएको हो ।
त्यस्तै प्रधानमन्त्री जोनसन आफैले पनि ट्वीट गर्दै आफूलाई कोरोनाको जटिल लक्षण देखिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘सामान्य लक्षण देखिएपछि टेष्ट गराउँदा कोरोना पोजेटिभ देखियो । अहिले म सेल्फ आइसोलेशनमा छु । तर, मैले यहिबाट सरकार सञ्चालन गर्नेछु । कोरोना भाइरविरुद्ध लड्न भिडियो कन्फेरेन्स लगाएतका काम गर्नेछु ।’ उहाँले घरमै बसेर सबैलाई आ–आफ्नो ज्यान जोगाउनका लागि पनि आग्रह गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता