फस्ट फ्लस (पहिलो) चियापत्ति हुर्कियो, कोरोनाको मारमा किसान

इलाम १६ चैतः इलाममा चियाको पहिलो टिपाई (फस्ट फ्लस) शुरु हुने वेला वितेको छ । फागुन चैत्रमा भएको वर्षाको कारणले गर्दा इलाममा चियाको फस्ट फ्लस चैत्रको पहिलो सतामा नै आएको हो । 
यसबर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको थियो तर विश्वभरी फैलेको कोरोना (कोभिड–१९) भाइरकको संक्रमणको कारणले गर्दा चिया प्रसोधन कारखना बन्द हुँदा चिया किसान मारमा परेका छन् । 
उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मूल्य उच्च हुन्छ । पहिलो टिपाई जति छिटो बजारमा पु¥याउन सक्यो उति त्यसपछिको बजारमा सहयोग मिल्ने भएकाले कारखानाले थोरै हरियोपत्ति भए पनि प्रशोधन गर्ने गरेका थिए ।
यो पटक समायमा पानी परेकोले चियाले राम्रो मुना दिएको र छिट्टै चिया टिप्न शुरु भएको तर चिया कारखानाहरु सञ्चालमा नआए पछि वारीमै चिया हुर्केर गएको थोरौ टिपेर आफ्नो उपयोगको लागि मात्र वनाउन वाध्य भएको इलाम नगरपालिका १ साँखेजुङका चिया किसान टिकाराम दाहाल बताउनु हुन्छ् ।
यसरी नै चियाको पहिलो टिपाई शुरु भए सँगै चिया कारखानाले पनि हरियो पत्तिको मुल्य निर्धारण गरेर चिया प्रशोधन गर्नु पर्नेमा लकडाउनका कारण कृषकबाट हरियो पत्ति लिन नसकिएको ग्रिन हिल अर्थोडक्स चिया कारखाना नगरपाकिला १ साँखेजुङका सञ्चालक टंक दाहाल वताउँछन् । कारखाना बन्द गर्दा किसानलाई मात्र हैन देशको अर्थतन्त्रमै ठूलो धक्का लाग्ने उनी वताउँछन् ।
अर्थोडक्स चिया उत्पादनका लागि अगाडी रहेको यो जिल्लाका कृषकले बार्षिर्क ५० लाख किलोग्राम तयारी चिया उत्पादन गर्ने गरेको चिया तथा कफि विकास वोर्डको तथ्याङक छ । इलाम जिल्लामा २६ वटा ठूला र ५० वटा साना चिया कारखाना सञ्चालित छन् । यहाँका करिब १२ हजार कृषकले कारखानालाई चियापत्ति विक्री गर्दै आईरहेको छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता