नेपालमा कोरोनाको पाचौं संक्रमित, बेल्जियमबाट आएकी महिलामा संक्रमण

नेपालमा अर्को एकजनामा कोरोना संक्रमण देखिएको छ । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी १९ वर्षकी युवतीलाई कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकासराज देबकोटाले जानकारी दिए ।उनको अवस्था अहिले सामान्य भएको उनले बताए ।
प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि उनमा कोरोना देखिएको पुष्टि भएको हो ।
उनले शनिबार दिउँसो जानकारी गराएका हुन् । “काठमाडौं उपत्यकाभन्दा बाहिरको केस हो,” उनले भने, “उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ । उहाँको अवस्था अहिले सामान्य छ ।”
उहाँ  चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ देवकोटाले भने,‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा  हुनुहुन्छ। उहाँको अवस्था अहिले सामान्य छ।’ 
उनी र यसअघि काठमाडौंमा संक्रमित भएकी अर्की १९ वर्षीया युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको देखिएको छ। 
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता