इलाममा लकडाउनमा अवरपरेकाहरुलाई निःशुल्क खाना खुवाएँदै इलामेली किचन (भिडियो सहित)

इलाम, २८ चैतः कोरोना भाइरसको संक्रमण र जोखिम रोक्न देशमा लकडाउन भएको पनि १८ औँ दिन वित्दा पनि इलामवसीले लकडाउनको पूर्ण पालना गरेका छन् । विहान वेलुका आवश्यक पर्ने तरकारीको लिन वाहेक इलामबासी खासै वाहिर निस्केका छैनन् । लकडाउन सँगै सम्पूर्ण होटलहरु वन्द भए पछि  इलामका केही सडकमा वस्ने मानिस र अन्यवस्यक काममा निस्केकाले खान नपाएको देखे पछि वजार वासी मिलेर इलामेली किचन चलाएका छन् जहाँ निःशुल्क खान खुवाउने गरिएको छ । किचनमा अहिले इलाम अस्पतालमा रहेका विरामी कुरुवाहरु कर्मचारीहरु लगायतलाई पनि निःशुल्क खाना खुवाउने गरेको र दैनीक ८० जना भन्दा वढिलाई खाना खुवाउने गरेको होटल व्यवसायी संघ इलाममका अध्यक्ष देवी पौडेल वताउँछन् । 
इलाममा लकडाउनको समयमा वजार पूर्णरुपमा वन्द रहेको छ । खध्यन्य पसलहरु र वैंकका एटीएमहरु खुलेका छन् । स्थानीय सरकार अति विपन्न परिवारलाई राहात वितरण पनि गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता