काँकड्भिट्टा भन्सारबाट आयात रोकिएन, स्वास्थ्य सुरक्षाको सम्पूर्ण प्रक्रिया अपनाइएको भन्सारको दावी

  • राजु पौडेल,
झापा, २४ चैत । कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलन थालेपछि पूर्वी नाका काँकरभिट्टाबाट हुने आयात भने रोकिएको छैन् ।
नेपाल र भारतमा लकडाउन भएपछि आयातित वस्तुहरुको परिमाण घटेपनि आयात पूर्णरुपमा भने ठप्प छैन ।
भारतको पश्चिम बंगाल राज्यमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेसंगै पूर्वी नाका काकडभिट्टा भन्सार मार्फत हुदै आएको बस्तुहरुको आयात घटेको छ ।
लग डाउन शुरु भएसगै भारतबाट तरकारी, फलफूल, हवाइ इन्धन, पेटोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँस मात्र आयात हुन थालेको भन्सार कार्यालयले जनाएको छ ।
तरकारी बाहेकका सबै बस्तुहरुको आयात तुलनात्मक रुपमा घट्दै गइरहेको र बंगलादेश लगायतका तेस्रो मुलुकबाट आयात गरिने बस्तुहरुको आयात ठप्प भएको मेची भन्सा कार्यालय, काकड्भिट्टाका भन्सार प्रमुख ध्रुबराज विश्वकर्माको भनाइ छ ।
योसंगै खाद्यान्नको आयात पनि शून्यमा झरेको छ । तर, बजारमा हल्ला भएजस्तो आयात ठप्प नभएकोले नियम बमोजिम आयात हुँदै आएका बस्तुहरुको भन्सार क्लियरिङ हुदै आएको पनि प्रमुख विश्वकर्माले बताउनुभयो ।
त्यस्तै, भारतको पश्चिम बंगालमा समेत कोरोना संक्रमितको संख्या बृद्धि भएपछि मेची नगर नगरपालिका र प्रदेश सासंदको संयुक्त टोलीले मेची भन्सार मार्फत आयात गरिदै आएका तरकारी र फलफूलको आयात बन्द गर्न अनुरोध गरेको छ ।
तर, सरकारको निर्णयविना स्थानीय निकायको अनुरोधका आधारमा मात्रै आयात रोक्न नसकिने भन्सार कार्यालयको भनाइ छ ।
स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्रै भारतबाट आएका मालबाहक सवारी साधनको भन्सार क्लियरिङ हुने गरेको प्रमुख विश्वकर्माको दावी छ ।
यता, भारतबाट आएको तरकारीको थोक बिक्री केन्द्रका रुपमा रहेको बिर्तामोडस्थित कृषि थोक बजारका होलसेल ब्यापारीले आइतबारबाट भारतीय तरकारी आयात नगर्ने निर्णय गरेका छन् ।
होलसेल व्यापारीहरुको संयुक्त बैठकले भारतीय तरकारी आयात गर्दा कोरोना समेत फैलन सक्ने भन्दै लकडाउन अवधिभर भारतीय तरकारी आयात नगर्ने जनाइएको छ ।
न्युज२४बाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता