मन्त्रिपरिषद् वैठक सम्पन्न, राष्ट्र बैंकको गभर्नरमा अधिकारी, लकडाउन वैशाख ३ गतेसम्म थपियो

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।
यसैबीच सरकारले पछिल्लो पटक थपेको लकडाउनको समायावधि भोलि मंगलबार राति १२ बजे समाप्त हुन अघि पुनः बैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ ।
बालुवाटारमा सम्पन्न बैठकले यस अघि दुई चरणमा गरिएको लकडाउनको प्रभावकारिता देखिएको तर पूर्ण पालना अझैं भइनसकेको र यसबीचमा संक्रमितहरु समेत थपिएको गएको भन्दै लकडाउन थप्ने निर्णय लिएको बताइको छ ।
यसबीचमा कैलालीमा स्थानीय स्तरमा नै पहिलो पटक कोरोना संक्रमित भेटिए पछि सुदूरपश्चिम सरकारले पनि लकडाउनको अवधि बढाउनु पर्ने निष्कर्ष निकाल्दै संघीय सरकारलाई लकडाउनको अवधि बढाउन हिजो सिफारिस गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता